‘छातीमा कडा दुखाई छ? हृदयघात हुन सक्छ’

पुस ३, २०७३- मुटुको रगत बितरण गर्ने नसा अकस्मात बन्द भएर हृदयघात हुन्छ । छातीको कडा दुखाई यसको मुख्य लक्षण हो । छाती दुखाईसंगै बान्ता हुने, पसिना आउने, सास फेर्न गाह्रो हुने भएमा हृदयघात हुने सम्भावना अरु बढि हुन्छ । अमेरिकामा प्रत्येक २५ सेकेन्डमा एउटा हृदयघात हुन्छभने प्रत्येक एक मिनेटमा एक जनाको हृदयघातबाट मृत्यु हुन्छ । अमेरिकामा भन्दा दक्षिण एशियामा हृदयघात बढि हुने आंकलन छ । यस लेखमा हृदयघात हुनबाट कसरी जोगिने, कसरी हृदयघात समयमा नै पत्ता लगाउने र कसरी सही उपचार गर्ने ’boutमा संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

छातीको दुखाई

छातीको दुखाई हृदयघातको प्रमुख लक्षण भएता पनि सबै छातीका दुखाईहरु हृदयघात होइनन् । अमेरिकामा छातीको दुखाई लिएर आउने ५० लाख विरामीमध्ये १२ लाखलाई हृदयघात भएको पाईयो । अर्थात प्रत्येक चारजना छातीको दुखाईको विरामीमध्ये सरदर एकजनालाई हृदयघात भएको हुन्छ । छातीका दुखाईको अन्य कारणहरुमा फोक्सो तथा प्रमुख धमनीको रोगदेखि खाना पाईपका रोगहरु करङको जोर्नीको समस्यादेखि मानसिक चिन्ता सम्बन्धी रोगहरु पर्दछन् । मुख्य कुरा कुनचाही दुखाई मुटुको दुखाई हो भनेर चिन्नु हो । यस प्रयोजनका लागि मुटुको दुखाईको कारणमा प्रकाश

नेपालीको साझा माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

परिचय

धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले

गोरखाको लुइँटेल भञ्ज्याङ–भच्चेक सडकमा ठेकेदारको लापरबाही, समयमै कालोपत्रे नहुने निश्चित

Source  thahakhabar.com
माघ १२, २०७४ गोरखा : जिल्लाको ठूलोमध्येको एक व्यापारिक केन्द्र पुग्ने लुईँटेल भञ्ज्याङ–भच्चेक सडक खण्डको कालोपत्रे गर्ने काममा ठेकेदारको बदमासीका कारण निर्धारित समयमा कालोपत्रे नहुने भएको छ।  भूकम्पीय आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधिन लुइँटेल भञ्ज्याङ–भच्चेक सडक खण्डको ३०.५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न ठेकेदारले लापरबाही गरेको जिल्ला प्राविधिक कार्यालय गोरखाले जनाएको छ।  दुई खण्डमा स्तरोन्नति सँगै कालोपत्रे हुने सो सडक खण्डको ठेक्का पनि भिन्न दुई कम्पनीले

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताउनुभयो ।
बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ । एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन् । गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति
गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार

बार्षिक भेटघाट तथा नेपाली नया बर्ष २०७४ (Siranchok Serofero UK Nepali New Year 2074)

चिप्लेटी समाज यू के द्रारा आयोजित बार्षिक भेटघाट तथा नेपाली नया बर्ष २०७४ 
भब्य सब्य रुपमा सम्पन्न l

Please  Just one clicks following Links for Photos

Photography by Dil Tamang

https://drive.google.com/drive/folders/0Bz6X46VJ2XnPX09udUJBRERtLXc

नेपाली नया बर्ष २०७३ (Siranchok Serofero UK Nepali New Year 2073)

चिप्लेटी समाज यू के द्रारा आयोजित बार्षिक भेटघाट तथा नेपाली नया बर्ष २०७३

Please  Just one clicks following Links for Photos

Photography by Dil Tamang

https://drive.google.com/drive/folders/0Bz6X46VJ2XnPRHc2dWlvLU85QzA

मृगौला बिग्रिदै गए यस्तो लक्षणहरु देखा पर्दछ बेलैमा सचेत बनौ ज्यान जोगाउँ

मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ । जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक भइसकेको हुन्छ । यो रोगले मानिसलाई विस्तारै विस्तारै आक्रमण गर्ने भएको हुनाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसकारण यस रोगको बारेमा पुर्वसावधानी अपनाउन एकदमै आवश्यक छ ।

यो रोगको लक्षणहरु यस प्रकार रहेका छन् ।
मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत

हार्दिक धन्यबाद

शनिबार ०२ अप्रील २०१६ का दिन फेल्थाम कलेज लण्डनमा आयोजित सिरानचोक 
सेरोफेरो यू के नया बर्ष तथा बार्षिक भेटघाट कार्यक्रममा  पाल्नु हुने प्रमुख  
अतिथि खुसीमान गुरुङ ज्यु (बाजे ) उपस्थित् सम्पूर्ण सदस्य ज्युहरुमा आयोजक चिप्लेटी 
समाज यू के परिवार तथा  अध्यक्ष देउ बहादुर गुरुङ को तर्फ बाट यहाहरु 
लाइ मुरी मुरी धन्यवाद तथा हार्दीक आभार व्यक्त गर्दछौ l  बिशेस गरि  प्रमुख अतिथि खुसीमानगुरुङ ज्यु लगाएत जति पनि उपस्थित् सम्पूर्ण सदस्यहरु 
बाट आर्थिक, भौतिक सल्लहा, सुझाब र सहयोगको लागि पनि विषेस धन्यवाद दिन चाहनछौ l 

साथै कार्यक्रमलाइ मनोरंजन प्रदान गर्नु हुने युथ टिम,स्वादिस्ट खान पानको ब्यबस्ता गर्नु हुने गगन गुरुङ र म्युजिक सिस्टमका टिम लगाएत कार्यक्रम अबधिभर खटिनु भएकासमस्त सदश्यहरुमा पनि धन्यबाद व्यक्त गर्दछ !
(देउ बहादुर गुरुङ) अध्यक्ष चिप्लेटी समाज यू के !

८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति

बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् ।
घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।

यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन

भूकम्पले भत्किएका घर आफैंले बनाउनु पर्ने तीन किस्तामा पिडीतको खातामा रकम-

९ फागुन, काठमाडौं । के तपाई भूकम्पले भत्किएको आफ्नो घर सरकारले बनाइदिन्छ भनेर ढुक्कसँग बस्नु भएको छ ? यदि छ भने त्यसरी नबस्नुहोस् ।
किनभने भूकम्पले भत्किएको तपाईको घर तपाई स्वयंले बनाउनुपर्ने भएको छ । भूकम्पपछिको पुनर्निनिर्माण गर्न सरकारले गठन गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले घरधनी स्वयंले भूकम्पले भत्किएको घर पुननिर्माण गर्नुपर्ने नीति आइतबार सार्वजानिक गरेको छ ।
‘निर्माण सामग्रीको पहुँच बढाउनुका साथै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराई ग्रामीण र सहरी क्षेत्रका निजी घर तोकिएको मापदण्ड अनुरुप घरधनी स्वयंले नै निर्माण गर्ने,’ प्राधिकरणले सार्वजनिक गरेको नीतिमा भनिएको छ ।
तर, एकल महिला, बालबालिका, अपाङ्गता भएका

पेटमा बोसोको मात्रा बढेर हैरान हुनुहुन्छ ? यहि हुनुहुन्छ भने पढ्नुस घटाउने घरेलु उपाए


कागती पानी

तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ ।

बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

 गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट

गोरखाबाट २६ करोडको सुन्तला बिक्री

साभार : गोरखा समाचार,  कैलासबावु श्रेष्ठ/गोरखा
माघ १ गते । चिसो मौषममा फल्ने फलफुल मध्ये सुन्तलाका लागि निकै ख्याती कमाएको गोरखाले यस पटक २६ करोड भन्दा बढीको सुन्तला बिक्री गरी सकेको छ । बिशेषत देश भर नै चर्चामा रहेको गोरखाको मनकामना क्षेत्रका किसानले मात्रै आधा भन्दा बढी रकम हातपार्न सफल भएका छन ।
जिल्ला कृषी बिकास कार्यालयल गोरखाले दिएको जानकारी अनुसार गत बर्ष २५ करोड बराबरको सुन्तला गोरखा जिल्ला बाट बाहिरीएकोे थियो । गोरखा जिल्लाको सुन्तला राजधानी, पोखरा र चितवनको बजारमा बढी बिक्री हुने गरेको पाइन्छ ।
कार्यालयका अनुसार गत वर्ष ९ सय ९३ हेक्टरमा सुन्तला खेती भएको थियो । यस बर्ष सुन्तला खेतीको क्षेत्रफल बढेर १ हजार २३ हेक्टर जमिन पुगेको छ ।
जिल्लाको मनकामना, ताङलीचोक, फुजेल, मकैसिंङ्ग, घैरुङ्ग, बक्राङ्ग,

बेलायती लाहुरेले बनाईदिए गोरखामा विद्यालय

Source : Radio Kantipur  आश गुरुङ, गोरखा ।
बेलायती सेनाका कार्यरत सैनिक जवानहरुले गोरखा जौबारीमा भूकम्बाट ध्वस्त भएको एक विद्यालय निर्माण गरेका छन् । सेनामा कार्यरत बेलायती नागरिकसहित नेपाली युवाले जौबारी ५, चिप्लेटीडाँडास्थित जनज्योति उच्च माविको भवन निर्माण गरेका हुन् । विद्यालय भवन निर्माणकालागि बेलायती सेनाको एल टुकडी ७० गोर्खा फिल्ड स्क्वाड्रन, द क्वीन्स् गोर्खा इन्जिनियर्सको टोली खटेको थियो ।
लेफ्टिनेन्ट जोन्सको नेतृत्वमा खटिएका ३० जनाको टोलीले एक महिनाको अवधिमा ६ कोठे भवन निर्माण गरेका हुन् । उनीहरुले आमा समूहको मातहातमा