गोरखा जिल्ला एक परिचय

नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल अन्तर्गतका ८ जिल्लाहरु र हाल गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्व बोकेको जिल्ला हो।
११ स्थानीय निकाय अर्थात २ नगरपालिका र ९ गाउँपालिका रहेको यस जिल्ला भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यो जिल्लाले ३ हजार ६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
समुद्र सतहबाट २२८ मिटर देखि ८ हजार १६३ मिटर उचाईमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ।
राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ९ गाउपालिका र २ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ।
यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा