पर्वत, । गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ । समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन ।
पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ ।
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी