गोरखाको लुइँटेल भञ्ज्याङ–भच्चेक सडकमा ठेकेदारको लापरबाही, समयमै कालोपत्रे नहुने निश्चित

Source  thahakhabar.com
माघ १२, २०७४ गोरखा : जिल्लाको ठूलोमध्येको एक व्यापारिक केन्द्र पुग्ने लुईँटेल भञ्ज्याङ–भच्चेक सडक खण्डको कालोपत्रे गर्ने काममा ठेकेदारको बदमासीका कारण निर्धारित समयमा कालोपत्रे नहुने भएको छ।  भूकम्पीय आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधिन लुइँटेल भञ्ज्याङ–भच्चेक सडक खण्डको ३०.५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न ठेकेदारले लापरबाही गरेको जिल्ला प्राविधिक कार्यालय गोरखाले जनाएको छ।  दुई खण्डमा स्तरोन्नति सँगै कालोपत्रे हुने सो सडक खण्डको ठेक्का पनि भिन्न दुई कम्पनीले
पारेका छन्।  सडकको ० देखि १७.६ सम्म अम्मर लामा जेभी कन्स्ट्रक्सन र बाँकी खण्डमा लामा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाए पनि काममा ढिलासुस्ती भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले जानकारी दिए। ‘उनीहरूले २०१६ को डिसेम्बर १२ मा २०१८ को जुन महिना भित्र काम सम्पन्न गर्ने भनेर जिम्मा पाएका हुन्’ उनले भने ‘काम गर्ने स्पिड नै छैन। फिल्डमा आवश्यक निर्माण सामग्री नै झार्न सकेका छैनन्। यही हिसाबको कार्यप्रगतिले समयमा काम सम्पन्न नहुने पक्का भइसकेको छ।’ उनले उक्त सडक खण्डमा काम २८.५ प्रतिशत मात्रै भएको र समयसीमा भने ७१ प्रतिशत सकिइसकेको समेत बताए। भूकम्प अापतकालीन सह आयोजना अन्तरगत सो सडक एसियाली विकास बैंकको ६० करोड ६३ लाख रुपैँयाको लागतमा बन्न लागेको हो। पहिलो चरणको सडक निर्माण कम्पनीका प्रमुख भद्रबहादुर शाहीले अटेरी गर्ने गरेको प्राविधिक कार्यालयले जनाएको छ। ‘यो कम्पनीको फिल्डमा दुई वटा क्रसर पनि छ’ पौडेलले भने ‘घरहरू पर्ने ठाउँको मुआब्जाको कुरा पनि टुंगिएको छैन। यति काम गर्छौँ उति काम गर्छौँ भनेर 'टार्गेट' पनि दिन्छन् तर काम भने सुस्त गर्छन्।’ प्रमुख पौडेलले अन्य आयोजनाहरू मा जस्तो यसमा समा यावधि थपिने सम्भावना पनि कम रहेको छ। जिल्ला यातायात गुरु योजनाले प्राथमिकता दिएको सो सडकको पहिलो खण्ड भन्दा दोस्रो खण्डमा केही काम भएको छ। ‘आयोजना गुम्ने खतरा पनि छ’ उनी भन्छन्,‘भूकम्पले अति प्रभावित १४ जिल्लामा रहेको एडिबीको सहयोग अन्य जिल्लामा भन्दा गोरखामा फरक छ। अन्य जिल्लामा स्तरोन्नति मात्रै छ। गोरखामा भने स्तरोन्नति सँगै कालोपत्रे गर्ने काम पनि छ।’  उक्त सडक ३. ७५ मिटर चौडाइ र त्यस बाहेक दायाँ र बायाँ ०.७५ मिटर फसटपाथ समेत निर्माण हुने गरी काम भइरहेको हो। प्राविधिकहरूको अनुसार केही ठाउँबाहेक अधिकांश ठाउँमा चौडा गर्ने, दायाँबायाँ पर्खाल लगाउने काम भइरहेको छ। ठेकेदारले जनशक्ति थप गरे आगामी असारसम्ममा सडक पिच हुने सम्भावना कमै रहेको उनीहरूको भनाइ छ।

No comments:

Post a Comment