हाम्रो गाऊ रमाइलो ठाउँ

आइसेलु र काफल धेरै पाके होलान गाउमा !
बालुवा र तातो हावा मात्र छ यो ठाउमा !!
बितेछ नि धेरै बर्ष अरबमा आको !
झल्को आउछ चैत मासमा आइसेलु काफल खाको !!
हलेसी र न्याउली चरी गाउदै होला बनमा
मरु भुमि देशलाई कहिले छोडु भाछ मनमा !!
अब फर्को दुख गर्छु मेरै आफ्नै गाउमा !
साउको ऋण तिर्न पाए अब विदेश आउन्न !!

 कल्दुङ्गे माईला