तिहार लाग्यो होला

हिलो मैलो वर्षा पनि सबै हट्यो होला
खेत बारीमा लह लह धान झुल्दै होला !
गाउघरमा सबै तिर तिहार लाग्यो होला
घर बारीमा सयपत्री फुल फुल्दै होला !!

डाडा पाखा हरियालीले छायो होला
बर्खे भेलमा बग्ने खहरेनी सुक्यो होला !
तिहारमा दिदी बहिनी माइती कुर्दै होला
परदेशबाट दाजु भाई गाउमा पुग्यो होला !!

कल्दुंगगे  माईला