‘छातीमा कडा दुखाई छ? हृदयघात हुन सक्छ’

पुस ३, २०७३- मुटुको रगत बितरण गर्ने नसा अकस्मात बन्द भएर हृदयघात हुन्छ । छातीको कडा दुखाई यसको मुख्य लक्षण हो । छाती दुखाईसंगै बान्ता हुने, पसिना आउने, सास फेर्न गाह्रो हुने भएमा हृदयघात हुने सम्भावना अरु बढि हुन्छ । अमेरिकामा प्रत्येक २५ सेकेन्डमा एउटा हृदयघात हुन्छभने प्रत्येक एक मिनेटमा एक जनाको हृदयघातबाट मृत्यु हुन्छ । अमेरिकामा भन्दा दक्षिण एशियामा हृदयघात बढि हुने आंकलन छ । यस लेखमा हृदयघात हुनबाट कसरी जोगिने, कसरी हृदयघात समयमा नै पत्ता लगाउने र कसरी सही उपचार गर्ने ’boutमा संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

छातीको दुखाई

छातीको दुखाई हृदयघातको प्रमुख लक्षण भएता पनि सबै छातीका दुखाईहरु हृदयघात होइनन् । अमेरिकामा छातीको दुखाई लिएर आउने ५० लाख विरामीमध्ये १२ लाखलाई हृदयघात भएको पाईयो । अर्थात प्रत्येक चारजना छातीको दुखाईको विरामीमध्ये सरदर एकजनालाई हृदयघात भएको हुन्छ । छातीका दुखाईको अन्य कारणहरुमा फोक्सो तथा प्रमुख धमनीको रोगदेखि खाना पाईपका रोगहरु करङको जोर्नीको समस्यादेखि मानसिक चिन्ता सम्बन्धी रोगहरु पर्दछन् । मुख्य कुरा कुनचाही दुखाई मुटुको दुखाई हो भनेर चिन्नु हो । यस प्रयोजनका लागि मुटुको दुखाईको कारणमा प्रकाश

नेपालीको साझा माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

परिचय

धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले