सिरानचोक गाउपलिक एक चिनारी

 मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लाको ऐतिहासिक, प्राकृतिक, धार्मिक , साँस्कृतिक तथा पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ । पूर्वमा दरौदी नदी, पश्चिममा चेपे नदी, दक्षिणमा लिगलिगकोट र उत्तरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली झर्रा भाषामा “सिरानचोक डाँडा” को रुपमा परिचित रहेको छ ।
सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय “अग्लो डाँडा” भन्ने हुन्छ । वरिपरिका डाँडाहरुमध्ये, गोरखादेखि सबैभन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने भएकाले पनि सिरानचोक नाम रहन गएको हुन सक्छ ।समुन्द्र सतहदेखि लगभग ३४०० मिटरको उचाइमा रहेको सिरानचोक सबैको साझा र प्यारो क्रिडास्थल समेत बनेको छ । वरपर घनाजंगलले ढाकिएको सिरानमा टुडिखेल, दायाँपट्टी श्रीनाथ मण्डलीको मन्दिर, बायाँतर्फ लहरै तीनवटा
ऐतिहासिक राजाका दरबारको रुपमा रहेका कोटहरु क्रमश जेठाकोट, माइलाकोट र कान्छाकोट रहेका छन् । दरबारका भग्नावशेष अझै पनि बाँकी रहेको छ । कोटका वरपर सुरक्षाका लागि खनिएका बंकरहरु यद्यपी रहेका छन् । जुन यस ठाउँमा युद्धका बेला धेरै रगत बगेकाले अझ गहिरो (खोल्सा) (खावा) को रुपमा परिणत हुन पुगेको हो भन्ने किँम्बदन्ती रहेको छ । युद्धका बेला रगत बगेको खोल्सा जुन अझसम्म पनि यथावत रुपमा रहेको छ ।
नजिकबाट नै देखिने बुद्धचुली हिमाल तथा गणेश हिमालका मनमोहक दृश्य सिरानचोक डाँडाको शोभालाई  बढाएको छ । बसन्त ऋतुमा वनैभरी  लालिगुरासका रहर लाग्दा फूलका थुंगाहरुले स्वागत गर्न आउदा सिरानचोक पुरै रातो भई बेहुली झै बन्दा अझ आनन्दित हुन् सकिन्छ ।
ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक अनुसन्धानकर्ताका निम्ति रोजाइको स्थल बन्न सक्छ,नेपाल एकिकरण प्रारम्भिक थलो र पुरातात्विक महत्वले विशेष नाम कमाएको ऐतिहासिक स्थल पनि सिरानचोक एक हो ।
सिरानचोकबाट चितवन जिल्लाका फाटहरु सजिलैसँग देख्न सकिन्छ । यहाँ पाइने लालीगुराँस, कटुस, चिलाउने, उत्तीस, भलायो, बेलाउनी, चाँप, छेरकाउँलो, तिँदु, लाँकुरी, काफल, धयाँरी, अर्जाल, पैंयू आदिले पनि जंगललाई  अझ घना र मनमोहक बनाइदिएको छ त्यसैगरि, यहाँ औषधीको रुपमा प्रयोग गरिने अनगिन्ती जडीबुटीहरु पनि पाइन्छ । प्रकृतिले दिएको अथाह र अमूल्य सम्पदालाई आजसम्म सही रुपमा उपयोग गर्न सकिरहेको अवस्था भने छैन ।
सिरानचोक रमणीय र शान्त ठाउँ हुनुमा यहाँ पाईने वन्यजन्तुको पनि त्यतिकै ठूलो भूमिका रहेको छ ।  घनाजंगल भएको कारणले गर्दा यहाँ विभिन्न किसिमका वन्यजन्तुहरु पाइन्छ : चितुवा, हरिण, मृग, घोरल, कालिज, भ्याकुर, लुइचे, तीथ्रा, ढुकुर, काग, तोरिगाँडा, लाम्पुछ्रे , हलेसो लगायत अन्य  मुख्य वन्यजन्तु एवं पशुपंक्षीहरु हुन् ।
“कालिजको बसाइ, ढुकुरको घुराई र मृगको खोकाइले जंगल नै संगीतमय भए जस्तो लाग्छ ।”
” प्राकृतिक मनोरमता, ऐतिहासिक गढी-दरबार, जैविक विविधता र स्थानीय मौलिक सांस्कृतिक , धार्मिक , साँस्कृतिक पक्षलाई ध्यानमा राख्दै हालै नेपाल सरकारले पनि सिरानचोकलाई पर्यटन  स्थलको रुपमा घोषणा गरेको छ ।”
सिरानचोक डाँडाले साबिक पाँच गाउँ विकास समितिको भू-भागओगटेको छ । श्रीनाथकोट, जौवारी, थालाजुङ्ग , छोप्राक र गाँखु गाविसलाई काखमा राखेका सिरानचोकको शिर भने श्रीनाथकोटमा पर्दछ ।
अन्य बिभिन्न समुदाय लगायत यस भेगमा गुरुङ  समुदायको बर्चस्व रहेको यस थुमका गाउँहरु क्होला आरुबोट, कुलगाउँ, गैह्रीगाउँ, लप्से, झारगाउँ, भंगेरी, कपुरस्वाँरा, धर्मथली, कुत्तिजुङ्ग , सिम्ले, गैह्रागाउँ, उत्तिन दूङ्गा , गाँखु, पात्ले, चित्रे, भाँगे, तल्लोपाम, माथिल्लोपाम, खमारी, राम्चे, देवस्वाँरा, थालाजुङ्ग, आरुबोट, दूधपोखरी, सिउरेनी, सिम्ले, बडे , काउले, तीनघरे, ठूलोस्वाँरा, पाठस्वाँरा, चिलाउने, कल्दुङ्ग ,चिप्लेटी , नयाँगाउँ, व्याखर्क , ठोट्नेरी, उम्रुङ्ग , जौवारी हुन् ।
यी गाउँभन्दा अन्य ठाउँहरु कोंजे, डाँडा गाउँ, शिरचोक, नेपाने सिरानचोकको परिधिभित्र नपरेता पनि त्यहाँका बासिन्दाहरु आफूलाई सिरानचोके नै भन्न रुचाउँछन् ।
प्रदेश न .४ को गोरखा जिल्लाका स्थानिय तहमद्ये प्रशस्त सम्भाबना बोकेको स्थानिय तह सिरानचोक गाउँपालिका हो । हाल यी क्षेत्रहरुलाई गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको क्षेत्रफल १२१.६६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या २३,६२८ रहेको छ । यसको सीमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा पालुङटार नगरपालिका र लमजुङ जिल्ला, उत्तरमा अजिरकोट गाउँपालिका र लमजुङ जिल्ला तथा दक्षिणमा गोरखा नगरपालिकासँग जोडिएको छ ।
सिरानचोक गाउँपालिका गोरखा जिल्लामा अवस्थित रहेको  छ । विसं २०७३ साल फागुन २७ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका केराबारी, थालाजुङ, हर्मी , छोप्राक, गाँखु , श्रीनाथकोट र जौबारी गाउँ विकास समितिहरूलाई समेटेर सिरानचोक गाउँपालिका घोषणा गरेको हो । केही स्थानिय तह थप गरी हाल ७५३ स्थानिय तह बिधमान रहेका छन् ।
सिरानचोक गाउँपालिका-१ केराबारी अन्तर्गत माथिल्लो भिरसिङ्ग, तल्लो भिरसिङ्ग, भिरसिङ्ग, पखेरा, बालथान, बिरौटा, चैनपुर, चिसापानी, नौलेडाँडा, झाक्रीडाँडा, नेपाने पखेरा, लामागाउँ, माथिल्लो  नेपाने, तल्लो नेपाने, आरखले, खरबारी, आन्जुंङ्ग, कुबिन्ड़े, सार्कीढाड, आरघडे, राधे, कोजे, कुप्रे, डाँडागाउँ, ढकालगाउँ, सार्कीटोल, केराबारी र सिमचौर आदि गाउँहरु  रहेका छन् ।
त्यसैगरी, थालाजुङ्ग-२ अन्तर्गत खमारी, माथिल्लो पाम, खामारी, राम्चे, मुङ्गे, पाण्डेबेशी, झिम्रेक,  घर्तीपानी, महिपत्ते, लाकुरीबोट, ओख्रेनी, सिम्ले, सिउरेनी, थाम, देबीस्वाँरा , थालाजुङ्ग, काउले, बत्ते, तिनघरे, चौका, आरुबोट, ठुलोस्वाँरा र चिलाउने आदि गाउँहरु रहेका छन् ।
त्यसैगरी, हर्मी-३ अन्तर्गत बयापानी, पाडेगाउँ, राईगाउँ, मुकुनडाँडा, बानियाँगाउँ, निमारे, मल्लटार, धुरेगाउँ, बस्नेतगाउँ, पराजुलीगाउँ, संजेलगाउँ, खनालगाउँ, सापकोटागाउँ, काउलेगाउँ, घिमिरेगाउँ, नवलपुर, भण्डारीगाउँ, थानेस्वारा, बंगालेगाउँ, हर्मी , थापागाउँ, धादिगाउँ, तारीगाउँ, तिधुबोटे, कन्चनपानी, पात्लेपानी आदि गाउँहरु रहेका छन् ।
त्यसैगरी, तल्लो छोप्राक-४ अन्तर्गत चोरकाटे, तल्लो टार, माथिल्लो टार, तल्लो कमलबारी,माथिल्लो कमलाबारी, ठुल्घरे , बानियाँटार, थुम्का, माझगाउँ बेशी, तामडाँडा, थामपाटा, चुटुङ्गा, माथुरे, आरुबोट, फिरफिरे, जैशीथोक, खेपुवा, भलोबोट, बबलीगाउँ, कुवापानी, कोइलीपानी, राम्चे र अधुवाबारी आदि गाउँहरु रहेका छन् ।
त्यसैगरी, माथिल्लो छोप्राक-५ अन्तर्गत तल्लो पाम, भाँगे, चित्रे, भालबारे, थुम्की, चिउरीबोट, भट्टगाउँ, गरमबेशी, घिमिरेगाउँ, कटरबारी, अमराई, हरिबले, सालाबोट, जोला,लामसुती, पदरगाउँ, भट्टगाउँ,डाँडागाउँ, ग़ैरागाउँ, मैदान, काप्रेस्वाँरा, रितगाउँ, च्यानडाँडा, बानियाँगाउँ, रानीस्वाँरा, लामागाउँ, जरेबर र क्योवर पानी आदि गाउँहरु रहेका छन्
त्यसैगरी, गाँखु-६ अन्तर्गत पात्ले, उत्तिन दूङ्गा, तल्लो गाँखु, उपल्लो गाँखु, जिम्मलगाँउ, सिउडे, बानियाँगाउँ, डाडेगाउँ, जरेबड, घन्सारडाँडा , तल्लो बजार, चर्पूटार, खैरेनीबन, झुन्डे चौर, सार्कीगाउँ, माथिल्लो मगर   गाउँ, चिलाउने  गाउँ, भलायो डाँडा, बादीगाउँ, ठुलोगाउँ, मौवाटार, खनालगाउँ, बेलडाँडा, नयाँ बजार, कालमाटा, सानाटार, घलेगाउँ, बासपुर, बरस्वाँरा,गैह्रीगाउँ,र केराढाप आदि गाउँहरु रहेका छन् ।
त्यसैगरी, श्रीनाथकोट-७ अन्तर्गत खहरे, सिम्ले, लप्से-भंगेरी, झारगाउँ, चादी, चिन्ड़े, शिखर, झोले, आरुबोट, कुलगाउँ, उपल्लो गोहोरे, तल्लो गोहोरे, साठीमिरे र अर्कुल आदि गाउँहरु रहेका छन् ।
त्यसैगरी, जौबारी-८ अन्तर्गत चिप्लेटी, बलेखु, कालिमाटी, फिनाम, लाङ्गदी,  ठोट्नेरी (मगरगाउँ), ब्याखर्क, कल्दुङ्ग , खोप्टे, झाक्रे, टोर्के, जौबारी, गुमाउरे डाँडा, पहरे पानी,  धारापानी, कल्दुङ्ग , पन्तगाउँ, बेलाबोट, भट्टगाउँ, दवाडीगाउँ, सिमलबोट, बारेबोर्ड, चिउरीबोट, फिनामटार आदि गाउँहरु रहेका छन् ।
सिरानचोक प्राकृतिक मनोरमता, ऐतिहासिक गढी-दरबार, जैविक विविधता र स्थानीय मौलिक सांस्कृतिक , धार्मिक , पहिचानलाई राजनैतिक बिभाजनले असर पुर्याउने हो की भन्ने स्थानिय गुरुङ लगायत अन्य समुदायले आशंका ब्यक्त गरेका छन् 

No comments:

Post a Comment