उतै बसाई सरु झैँ लाग्यो


कति राम्रो तिम्रो गाऊ
मोहनी नै लायो !
स्वर्ग जस्तो सुन्दर गाऊ
उतै बसाई सरु झैँ लाग्यो !!

हरियाली बन पाखा
चोखो माया लाउन मन लाग्यो !
मिठा मिठा कुरा गर्दै
अंगालोमा बेर्न मन लाग्यो !!

सुन्दर ठाउको वर्णन गर्न
छैन कुनै शब्दहरु !
झिटी, झाम्टो बोकिकन
सुन्दर गाउमा आउछु बरु !!