जन ज्योति उच्च मा बि को थप १५ कोठे भवनको सिलान्यास

Monday 17 September 2018 
चिप्लेटी समाज काठमानडौ कमिटी सल्लाहकार श्री टंक गुरुङ (काका) ज्यु बाट प्राप्त जानकारी अनुसार जाईका कम्पनि बाट सहयोगार्थ १५ कोठे नया भवन निर्मार्णको लागि एक जना Engineer सहित ४ अन्य कामदारले आज बाट काम सुरु भएको कुरा सहर्ष जानकारी गराउनु भएको छ l

केहि महिना अगाडी आबश्यक जग्गा अपुग भए पछि काठमाडौ कमिटिका सल्लाहकार ज्युहरु बाट अपुग जग्गा थप गर्न धेरै प्रयासको बाबजुद पनि असफल भए पछि  झन्डै ५ करोडको योजना फर्कने सम्भावना थियो  l अहिले नक्सालाइ परिमार्जन गरेर भए पनि योजना सफल बनाउने काम भएको छ l

यदी हामीले थप जग्गा पाउन सकेको भए १५ कोठे भवन एकै ठाउमा बन्ने थियो तर जग्गा अभाबका कारण एकै ठाउमा बनाउने योजना पुरा हुन् सकेन l  तसर्थ हाललाइ दुइ
भबन बनाउने जसमा :

Building A
3 Room x 3 Floor = 9 Rooms

Building B
2 Room x 3 Floor = 6 Rooms

Building A + Building B = Total 15 Rooms 

बिशेसत गाउ कमिटि, काठमदु कमिटि र यू के कमिटि गरि तिन क्षेत्रको कमिटिबाट हरेक कामहरु भई रहेको अबस्थामा बेला बखत बिबिध समस्याका कारण सूचना आदानप्रदानमा गर्नमा केहि कमि कमजोरी रहेको हामी सबैलाई अबगत नै छ l यसलाइ सुधार गर्दै लैजानु तपाई हामि सबैको साझा दाइततो हो l यसमा हामि सबैले आत्मालोचना गर्नु जरुरि छ, योजना सफल बनाउन तिनै क्ष्रेत्रको कमिटिको उतिकै भूमिका रहन्छ l सबैको साथ सपोर्ट र सहयोग बाट  योजना सफल बनाउन सकेमा हामि सबैले गर्ब गर्ने अवस्था हुनेछ l 

एउटा ठुलो योजना ल्याउन सफल गर्नु हुने  काठमानडौ कमिटि लाइ धेरै धन्यबाद l अनि योजना सुरु भएकोमा तिनै क्षेत्रको कमिटि लाइ धेरै धेरै बधाई अनि योजना सफलताको लागि अग्रिम शुभकामना l  Monday 17 September 2018 

1 comment:

  1. Sands Casino: Play for real cash at SA's Top Casino
    Explore our selection of video slots at Sands Casino, a premier entertainment หาเงินออนไลน์ destination in New South Wales. Sign up for a 바카라 사이트 bonus today septcasino to get free

    ReplyDelete