काठमाडौं । पृथ्वी एउटा जीवित ग्रह हो। पृथ्वी र यसमा रहेका भूभाग चलायमान छन्। पृथ्वीको सतहदेखि सय किलोमिटर मोटाइको मुनि तरलयुक्त तातो चट्टान हुन्छ। त्यसलाई हामी प्लेट भन्न सक्छौं। यसको तापक्रम १३ सय डिग्री सेन्टिग्रेड हुन्छ। यो पग्लिएको अवस्थामा हुन्छ। प्लेटहरूको घर्षण र जुधाइका कारण भूकम्प आउँछ।
नेपालमा भूकम्प आउने एउटै कारण यही हो। भारतीय उपमहाद्वीप रहेको प्लेट प्रत्येक वर्ष पाँच सेन्टिमिटरका हिसाबले उत्तरतिर ठेलिन्छ। त्यसलाई तिब्बतको प्लेटले रोक्न खोजिरहेको हुन्छ। त्यो बीचमा हामी छौं। इन्डियन र चाइनिज प्लेटबीचको जुधाइ र घर्षणको