आफ्नै पाखा पखेरो

दुख पर्दा यही खेतलाई खनि खोरसी खाए
स्वार्थ पुरा भए अहिले विदेश तिर लागे l
उबेलामा कति खाए अनाज फलाएर
कुनै मूल्य छैन मेरो अहिले आएर l
धेरै खुशि थिए पहिले अनाज फलाई खादा
दुखि भाछु बाझो खेत सबै विदेश जादा l
कोहि गए विदेशमा कोहि गए शहर
मलाई पनि कहाँ  छ र बाझो बस्ने रहर l
विदेशको मोजमस्तीमा नपर है भर
पाखो बारी भए पनि हिफाजत गर l
हरि गुरुङ (कल्दुंगे माइला)

संचालक समितिका अध्यक्ष यू के कमिटिका सेक्रेटरी मान गुरुङ संग कुरा गर्नु हुदै

तमू जाति र ल्होछारको ऐतिहासिकता

आनन्द गुरुङ नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा एक सय तीन जातजाति र ९३ भाषाभाषी भएको नेपाल सरकारको २००१ को जनगणना तथ्याङ्कमा उल्लेख छ । जसमध्ये गुरुङ जाति एक हो । प्रकृतिपूजक, मिलसार, मृदुभाषी गुरुङहरू मध्य एसियाका रैथाने हुणहरूकै एक वंश भएको विश्वास गरिन्छ । मध्य एसियाबाट चीन, तिब्बतहुँदै नेपाल–तिब्बतको सिमाना उच्च हिमाली क्षेत्रमा पर्ने मनाङको ‘फू’ गाउँ नै गुरुङहरूको सुरुको मूलथलो भएको एकथरी विद्वान्हरूको मत छ भने अर्काथरी विद्वानहरू मनाङ, कास्की र लमजुङको सिमानामा अवस्थित क्होँ लासोंथर गुरुङ (तमू)हरूको सभ्यताको उद्गम स्थल मान्दछन् ।