सेवाभाव बडाऔ


केहि छैन साथी मरेर लानु 
बाचुन्जेल सधै हासेर खानु l

दिन दुखीको सेवा गरौ 
दुई दिनको जिन्दगी साचेर बाचौ ll

नगरौ कसै संग बैर भाव
सबै संग मिलि हासेर बाचौ l

स्वार्थलाई त्यागेर सेवाभाव बडाऔ
संसारमा प्रिती गासेर नाचौ ll

तिहार लाग्यो होला

हिलो मैलो वर्षा पनि सबै हट्यो होला
खेत बारीमा लह लह धान झुल्दै होला !
गाउघरमा सबै तिर तिहार लाग्यो होला
घर बारीमा सयपत्री फुल फुल्दै होला !!

डाडा पाखा हरियालीले छायो होला
बर्खे भेलमा बग्ने खहरेनी सुक्यो होला !
तिहारमा दिदी बहिनी माइती कुर्दै होला
परदेशबाट दाजु भाई गाउमा पुग्यो होला !!

कल्दुंगगे  माईला

उतै बसाई सरु झैँ लाग्यो


कति राम्रो तिम्रो गाऊ
मोहनी नै लायो !
स्वर्ग जस्तो सुन्दर गाऊ
उतै बसाई सरु झैँ लाग्यो !!

हरियाली बन पाखा
चोखो माया लाउन मन लाग्यो !
मिठा मिठा कुरा गर्दै
अंगालोमा बेर्न मन लाग्यो !!

सुन्दर ठाउको वर्णन गर्न
छैन कुनै शब्दहरु !
झिटी, झाम्टो बोकिकन
सुन्दर गाउमा आउछु बरु !!

Golden Jubilee 2070 of Jana Jyoti Higher Secondary School Chipleti

श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते हुन गइ रहेको स्वोर्ण महोत्सब कार्यक्रममा हार्दीक स्वागत छ


गाउँमा ५ करोडको रिसोर्ट


गाउँमा ५ करोडको रिसोर्ट


गोरखा - पर्यटकका लागि उपयुक्त होटल कम र भएकामा पनि पर्याप्त सेवा, सुविधा नहुँदा गोरखामा पर्यटक टिक्न र टिकाउन नसकिरहेका बेला पाँच करोड रुपैयाँ लगानीमा विदेशी पर्यटक लक्षित रिसोर्ट बनिरहेको छ। गोरखा नगरपालिका–८ लक्ष्मीबजारको शिखरडाँडामा गोरखा गाउँ रिसोर्ट निर्माण भइरहेको छ। पोहोर असोजदेखि २८ रोपनी जग्गामा निर्माण भइरहेको उक्त रिसोर्ट आउँदो कात्तिकसम्ममा सञ्चालनमा ल्याउने

Samaj Committee Members as AGM 2013

COMMITTEE

Executive Committee

POST          NAME              ADDRESS

Chairman      Deu Bdr Gurung    London

Treasurer     Kesar Gurung      London

Coordinator   Dil Bdr Tamang    Oxford

Secretary     Maan Gurung       Farnborough

Web/Design 
Admin         Hari Gurung       Swindon

Arm Rep Ser
Personal 1    Sher B. Gurung    Kent

Rep Women     Kumari Gurung     London

आफ्नै पाखा पखेरो

दुख पर्दा यही खेतलाई खनि खोरसी खाए
स्वार्थ पुरा भए अहिले विदेश तिर लागे l
उबेलामा कति खाए अनाज फलाएर
कुनै मूल्य छैन मेरो अहिले आएर l
धेरै खुशि थिए पहिले अनाज फलाई खादा
दुखि भाछु बाझो खेत सबै विदेश जादा l
कोहि गए विदेशमा कोहि गए शहर
मलाई पनि कहाँ  छ र बाझो बस्ने रहर l
विदेशको मोजमस्तीमा नपर है भर
पाखो बारी भए पनि हिफाजत गर l
हरि गुरुङ (कल्दुंगे माइला)

संचालक समितिका अध्यक्ष यू के कमिटिका सेक्रेटरी मान गुरुङ संग कुरा गर्नु हुदै

तमू जाति र ल्होछारको ऐतिहासिकता

आनन्द गुरुङ नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा एक सय तीन जातजाति र ९३ भाषाभाषी भएको नेपाल सरकारको २००१ को जनगणना तथ्याङ्कमा उल्लेख छ । जसमध्ये गुरुङ जाति एक हो । प्रकृतिपूजक, मिलसार, मृदुभाषी गुरुङहरू मध्य एसियाका रैथाने हुणहरूकै एक वंश भएको विश्वास गरिन्छ । मध्य एसियाबाट चीन, तिब्बतहुँदै नेपाल–तिब्बतको सिमाना उच्च हिमाली क्षेत्रमा पर्ने मनाङको ‘फू’ गाउँ नै गुरुङहरूको सुरुको मूलथलो भएको एकथरी विद्वान्हरूको मत छ भने अर्काथरी विद्वानहरू मनाङ, कास्की र लमजुङको सिमानामा अवस्थित क्होँ लासोंथर गुरुङ (तमू)हरूको सभ्यताको उद्गम स्थल मान्दछन् ।

सिरानचोक कोट (गोरखा)

स्थान परिचय
गोरखा जिल्लाको श्रीनाथकोट गा.वि.स. मा पर्ने सिरानचोक कोट जिल्ला सदरमुकामबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न पैदलबाट ६ घण्टा लाग्छ । पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गाँखु गा.वि.स. को बीचमा अबस्थित कोट नै

एसएलसीमा १० बर्ष सम्मको नियमित तर्फको नतिजा

१० बर्षको नियमित तर्फको नतिजा यस्तो छ

 बर्ष          सहभागि    उतिर्ण     प्रतिशत
०६०         १७५४१८    ८१००८    ४६.१८
०६१        २१६३०३    ८३७४७    ३८.७२
०६२        २२५०३२    १०४६५४    ४६.५१
०६३        २७४२१०    १६०८०२    ५८.६४
०६४        ३०७०७८    १९५६८९    ६३.७३
०६५        ३४२६३२    २३४६०२    ६८.४७
०६६        ३८५२२१    २५०२२०    ६४.९५
०६७        ३९६८३३    २२२५६८    ५५.९५
०६८        ४१९०४९    १९७६४१    ४७.१७
०६९        ४०३९३६    १६७९३५    ४१.५७

हाम्रो गाऊ रमाइलो ठाउँ

आइसेलु र काफल धेरै पाके होलान गाउमा !
बालुवा र तातो हावा मात्र छ यो ठाउमा !!
बितेछ नि धेरै बर्ष अरबमा आको !
झल्को आउछ चैत मासमा आइसेलु काफल खाको !!
हलेसी र न्याउली चरी गाउदै होला बनमा
मरु भुमि देशलाई कहिले छोडु भाछ मनमा !!
अब फर्को दुख गर्छु मेरै आफ्नै गाउमा !
साउको ऋण तिर्न पाए अब विदेश आउन्न !!

 कल्दुङ्गे माईला

CERTIFICATE AWARDS PROGRAMME

जन ज्योति उच्च माध्यमिक बिद्यालय चिप्लेटी( कलेज) लाई माया र सद्भाव स्वरूप सहयोग गर्नु हुने सहयोगी दाताहरुलाई सम्मान पत्र प्रदान गर्नु हुदै बयो बृद्ध बाबा टेक बहादुर गुरुङ (More Photos just click Photo Galary)