सिरानचोक कोट (गोरखा)

स्थान परिचय
गोरखा जिल्लाको श्रीनाथकोट गा.वि.स. मा पर्ने सिरानचोक कोट जिल्ला सदरमुकामबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न पैदलबाट ६ घण्टा लाग्छ । पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गाँखु गा.वि.स. को बीचमा अबस्थित कोट नै सिरानचोक कोट हो ।
यो टापु समुन्द्र सतहबाट करिब १,९७४ मीटरमा रहेको छ । प्राचिन इतिहासलाई हेर्दा परापूर्बकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी शक्ति अर्थात देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्रार्थना गर्ने गर्दथे । उक्त मण्डली देवीको मन्दिरमा तिर्ने श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ छ । तिनै देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६औं शताब्दीमा एक भण्डारी थरको राजाले सिरानचोक कोटमा राज्य स्थापना गरि आफ्नो राज्यलाई सिरानचोक कोट नामकरण गरेको पाइन्छ । प्राचिनकालमा स्थापनमा गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुपमा पूजा स सम्मान गर्ने गरेको पाइन्छ । नेपालको इतिहासमा चैबिसे राज्यमा पर्ने यस सिरानचोक अरु कोट भन्दा उचाइमा (अग्लाइ)मा रहेकोले पनि यसकोटलाई सिरानचोक कोट भनिएको हो भन्ने भनाई पनि छ । १६ औं शताब्दिमा तिनै भण्डारी थरमा राजाले स्थापना गरेको राज्यमा आफ्ना तीन भाई छोराहरुलाई जेठो कोट माहिलोकोट र कान्छोकोट गरी तीन कोटमा बिभाजन गरेर राज्य संचालन गरेका थिए । प्राचिनकालमा स्थापना गरिएको उक्त कलात्माक भवनहरु त्यो शत्रुको आक्रमण बाछ जोगिन बनाएका किला खावा र सैनिक अभ्यासका लागि बनाइएका टुँडीखेलको अबशेषहरु आज पर्थन्त पनि जो कोहीले स्पष्ट देख्न सक्छ । त्यसै गरी आधुनिक नेपालको निर्माणमा प्रमुख योगदान दिनॆ थापा वंशीय भारदारहरु मध्ये अमरिसंहको जन्म यसै कोटमा भएको भन्ने तथ्य इतिहासबाट पुष्टी हुन्छ । यस्ता वीर पुरुषको जन्म स्थाल भएको कारणले पनि सिरानचोक कोटको अझैं महत्व देखिन्छ । यस सिरानचोक कोटलाई १६ शताब्दिको अन्त्यतिर द्रव्य शाह लिगलिगकोटको राजा भए पछि आक्रमण गरी विजय प्राप्त गरेको कुरा नेपालको प्राचिन इतिहासमा उल्लेख छ । उक्त समयमा सिरानचोक कोट र लिगलिगकोटको बीच लडाई हुदा काटिएका ब्यक्तिहरुको रगत सिरानचोक कोटको दक्षिण पट्ट बग्ने छरछरे खोलामा मिसिएकोले त्यस खोलाको पानी खान नहुने किम्बदन्ति आजसम्म पनि रहिआएको छ । बौद्ध र गणेश हिमालको सन्मुखमा पर्ने सिरानचोक डाँडाको वीचमा अवस्थित सिरानचोक कोट पर्यटकिय दृष्टिकोणबाट पनि निक्कै महन्व राख्ने कोटको रुपमा रहेको छ । ऐतिहासिक स्थलको रुपमा अवस्थित सिरानचोककोट र त्यस बेला शासन संचालन गर्नका निमित्त निर्माण गरिएका जेठो माहिलो र कान्छो गरी तीन वटा कोट दरबारका भग्नशेष तथा आत्म रक्षाको लागि प्रत्येक कोटलाई घेर्ने गरी बनाइएका छड्के प्वालहरु भएका पर्खाल एवं सैनिक अभ्यासका निमित्त बनाइएको टुँडीखेल आदि पर्यछकीय आकर्षणका केन्द्र विन्दुका रुममा रहेका छन् । यसै मनोरम स्थलबाट उच्च हिमश्रृंखलाहरु मध्ये गणेश बौद्ध मनास्लु हिमचुली अन्नपूर्ण, माछापुच्छ्रे आदिको दृश्यावलोकन गर्न सकिन्छ । तत्कालिन बाइसे चौविसे र थुम्के राज्य अन्तर्गत स्थापना भएका विभिन्न कोट राज्यहरुमा अजिर कोट ताकुकोट लिगलिगकोट मिरकोट भिरकोट तान्द्राङकोट सुलिकोट बारपाककोट राइनासकोट तनहुँसुरकोट आदि स्पष्ट रुपमा पाइन्छ । यसका अतिरिक्त गोरखा जिल्लाको सदरमुकाममा अवस्थित धार्मिक स्थल गोरखकाली मन्दिरमा साथ साथै राष्ट्रिय आकर्षणकै रुममा रहेको मनकामना मन्दिर एवं तराई र भित्री मधेशका समथर भू-भागहरुको समेत यस कोटबाट अवलोकन गर्न सकिनछ । बसन्ट ऋतुमा नेपालको राष्ट्रिय फुल लालीगुँरास ढकमक्क फुलेर सिरानचोक डाँडालाई रातो घम्टो ओढाउँदा देखिने मनोहक दृष्य हेर्न कस्को आँखा लालाइत नहोला अतः यस्तो हरेक दृष्टिकोणबाट महत्वपूर्ण रुममा रहेको सिरानचोक कोट आज उचित संरक्षणको अभावमा रुग्न र लोप हुने स्थितीमा रहेको छ । यदि समयमा नै सम्बन्धित निकायले यथोचित भ्यान पर्याउन सकेको खण्डमा स्थानिय तथा राष्ट्रिय स्थरमा नै दरिलो टेवा पुग्न सक्ने करा निर्विवाद छ । अन्यथा सम्बन्धित निकायले यसको संरक्षणमा समयमा नै उचित कदम नचालेको खण्डमा भोलिका हाम्रा सन्ततिले सिरानचोककोटलाई केवल इतिहासमा पढ्नु बाहेक अरु केही रहदैन भन्नुमा सायद अत्युक्ति नहोला । Source : Hamro Gorkha

No comments:

Post a Comment