पर्वतारोही नानुमया गुरुङको जीवनी र सङ्घर्ष

हरि गुरुङ सिरान्चोक ८ कल्दुङ 

गोरखा जिल्ला धार्चे गाँउपालिका ५ माछी खोला हाल काठमाडौँ निवासी पर्वतारोही नानुमाया गुरुङ (कोन्स्यो) ले 22 May 2017 मा २१ वर्षकै कलिलो उमेरमा नेपाली समय अनुसार बिहानको ४:३५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन ।

त्यसैगरी 21 April 2024 मा नेपाली

समय अनुसार बिहान 8.55 बजे ६,११९ मीटर उचाइको लबुचे पिक आरोहण र 22 May 2024 का दिन बिहान ९.१० मा ८,५१६ मीटर उचाइको माउण्ट लोत्से सफलता पूर्वक आरोहण गर्नुभएको छ । सन २०१५ देखि आरोहण सुरु गर्नु भएकी नानुमायाले दुई पटक मनासलु Island Pick सफल आरोहण गरिसकेकी छन ।

अभिभावक संस्था तमु धिं नेपाल केंद्रीय कार्यलय पोखराको प्रांगणमा, जेष्ठ २३ गते क्वोंने (घोताने/ घोण्डे) गुरुंग (तमु) समाज, युकेको प्रायोजनमा, क्वोंने (घोताने/ घोण्डे) गुरुंग (तमु) समाज नेपाल कास्की जिल्ला कार्यसमिति, पोखरा द्वारा नानुमाया (घोताने) गुरुङलाई बधाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको थियो ।

नानुमाया गुरुङको अनुसार विविध समस्याका बावजुद पनि भगवानले त आट म पुर्‍याउँछु भन्ने उक्तिलाई मनन गर्दै, आफ्नो ज्यानको कुनै प्रवाह नगरिकन राष्ट्र र आफ्नो नाम उच्च राख्नको लागि पर्वतारोहणमा होमिएको बताएकी छिन ।

लगत्तै यही 2024 June महिनामा विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको Mt K2 आरोहणमा जान तयारी रहेको नानीमाया गुरुङलाई सफल आरोहणको लागि सम्पूर्ण कुल पित्रीहरूको आशीर्वाद रहोस, विश्वको उच्च शिखरहरु जस्तै आफ्नो देश आफ्नो नाम उच्च राख्न सफल रहोस् हार्दिक शुभकामना छ । 


गोरखाको विकट गाउँमा जन्मेकी नानुमायाले कुनै औपचारिक शिक्षा लिने अवसर नपाएका कारणले सदैव पछाडी परेकोले गर्दा “सबै छोरीलाई अनिवार्य शिक्षा” भन्ने नारालाई सम्पूर्ण विश्वमा रहेका नेपालका सबै छोरीहरुले अवसर पाउनु पर्ने कुरालाई यस आरोहण मार्फत सबैमा आग्रह गनुभएको छ ।

No comments:

Post a Comment