जनज्योति मावि चिप्लेटी गोर्खाको हिरक महोत्सव भव्य रुपमा सम्पन्न

२०८० साल फागुन १५ गते प्रकाशित


गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जनज्योति माध्यमिक विद्यालय चिप्लेटी गोर्खाको ६० औ वार्षिक उत्सव कार्यक्रम यही फागुन ४,५ र ६ गते ३ दिन सम्म भव्य रुपमा मनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराज गुरुङको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए भने कार्यक्रम विद्यालयका शिक्षक सरोज घिमिरेले सञ्चालन गरेका थिए ।
कार्यक्रमको प्रमुख संयोजक सल्लाहकार जङ्ग बहादुर वाइबा र टक मान गुरुङ थिए । कार्यक्रमलाई आर्थिक सहयोग स्वरुप देश विदेशमा रहेका स्थानीयवासीहरुले ठूलो मद्दत गरेका थिए । मूल आर्थिक संयोजक टकमान गुरुङ रहेका थिए भने विभिन्न देशहरु र काठमाडौँ, चितवन र स्थानीय स्तरमा संयोजकहरु संयोजकहरु मार्फत रकम सङ्कलन गरिएको थियो । वार्षीक उत्सव कार्यक्रमलाई सफल बनाउन सुरुवाती दिनदेखि अन्तिम सम्म आर्थिक सङ्कलन गर्न देशविदेशमा मिडिया संयोजक हरि (सूर्य) गुरुङले प्रमुख भूमिका निर्वाह गरेका थिए । मनोरञ्जन  तथा सांस्कृतिक कार्यक्रमको संयोजकमा
सल्लाहकार टंक गुरुङ, धन गुरुङ र राज कुमार गुरुङले संयोजन गरेका थिए । तीन दिनसम्मको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु चिजा तामाङ, निशा गुरुङ, बिमला गुरुङ, देवी आले, रेश्मा तामाङ, पृथ्वी गुरुङ,
चिज गुरुङ, सागर गुरुङ, राज लामा, ठाडो भाकातर्फ, वीरबहादुर गुरुङकुमारी गुरुङ, हरिमाया गुरुङ रेशम माया गुरुङले आफ्नो प्रस्तुतिहरु दिएका थिए ।


२००९ सालमा स्वर्गीय हिरामणि गुरुङद्वारा स्थापना गरिएको जनज्योति मावि २०२१ सालमा मात्र आधिकारिक रूपमा पूर्णता पाएको थियो । अहिले ६०औं वर्ष पुगेको उपलक्ष्यमा हीरक महोत्सव मनाएको हो । सो स्कुलमा १२ कक्षासम्म संचालन हुँदै आएको छ । यस स्थानमा बहुजाती वसोवास गर्ने भएको कारण विभिन्न समुदायको विद्यार्थी अध्ययन गर्ने गर्दछन ।


कार्यक्रमको पहिलो दिन अतिथि स्वागत सत्कार, औपचारिक कार्यक्रम, विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, भूतपुर्व विद्यार्थी र शिक्षकलाई बिदाई साथै विद्यार्थीहरु द्वारा विविध प्रतिभा प्रस्तुत गरेका थिए भने कार्यक्रम सफल पार्न आर्थिक सहयोगी र जग्गा दाताहरुलाई सम्मान गरिएको थियो । यसैगरी दोस्रो र तेस्रो दिन पनि विभिन्न बिधाका ब्याक्तित्वहरुलाई सम्मान र मायाको चिनो वितरण संगै राष्ट्रिय स्तरका स्थानीय कलाकारहरु द्वारा विविध मनोरञ्जनात्मक प्रस्तुति गरीएको थियो ।


कार्यक्रममा जिल्ला प्रदेश र केन्द्रीय स्तरका राजनेता देखि बौद्धिक ब्याक्तित्वहरुले शुभकामना मन्तव्य राख्दै आफ्नो आफ्नो विचारहरु व्यक्त गरेका थिए ।
प्रमुख अतिथि डा. भट्टराईले “देश रित्तिनु १२ कक्षा पास गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुलाई रोक्नुपर्ने विकल्प नखोजी देश बन्दैन । उनले आफू छोटो समय प्रधानमन्त्री हुँदा गोरखा २ नम्बर क्षेत्रमा विकासको रेखा कोरेको र त्यसैको आधारमा हाल विकास भएको देख्दा गर्व लागेको बताउँदै थप विकासको लागि निरन्तर पहल गरीरहने प्रतिवद्दता व्यक्त गरे ।

विद्यालयल परिवार विद्यालयललाई कसरी स्तरीय र समृद्ध बनाउने भन्ने विषयमा नै केन्द्रित रहेको हुँदा अविभावक र विद्यार्थीको उत्तिकै भुमिका रहन्छ” प्रधानाध्यापक छन्द प्रसाद तिमिल्सिनाले भने । २०८० सम्म शिक्षा बिकास कोषमा ११

लाख ४० हजार जम्मा भएको र यस महोत्सव कार्यक्रममा पनि रकम थप हुने जिकिर गर्दै विभिन्न फाउन्डेसन बाटआएको सहयोग  स्कुल क्षेत्राधिकार भित्रका चार बिधामा खर्च गर्ने सल्लाहकार टकमान गुरुङले जानकारी दिए ।

राष्ट्रिय स्तरका कलाकारहरुले तीन दिनसम्म मनोरञ्जन दिएको कार्यक्रममा भिडियो र तस्बिरहरु मिडिया संयोजक हरि गुरुङ र मनि राज गुरुङले संयोजन गरेका थिए । उक्त कार्यक्रमको भिडियो
https://youtube.com/@suryagurung-mg2vs?si=k9QAmO-4r9JZTeij र https://m.youtube.com/@namastechannel2004 मा गएर हेर्न सक्नुहुनेछ ।

No comments:

Post a Comment