वास्तवमै हामी गरीब कदापी होईनौं, सोंचाइ मात्रा गरीबी र दारीद्रिकः- भू पु बिध्यार्थी तथा अध्यापक अर्जुन गुरुङ


भू पु बिध्यार्थी तथा अध्यापक 
हाल  ह्पी भ्याली चाइना
बाल्यकालको प्रारम्भिक िशछ्यको शुरूवातका िदनहरूमा आदरणीय पुजनीय पुराना िशछ्यवीद गुरूहरू श्री यमनाथ सापकोटा बा,श्री बलबहादुर गुरूङ लगायत अन्य दर्जनौं गुरू-गुरूआमाहरूबाट क,ख,ग र A,B,C अछ्यर िचन्ने अभ्यास हुँदा नचिनेमा हल्का िससाकलमले हातका औंला च्यापििदनु हुन्थ्यो त कहिले ल है त कस्को राम्रो अछ्यर भनेर माला र सुन्तला मिठाई देखाउनु हुन्थ्यो र राम्रो लेख्नेले खुब खान पाउँथ्यो।त्यस्तै कहिले चाहिं त्यो बेलाको बिधालयको भौतिक अवस्था प्रतिविम्वत हुने गरी गीत भन्नु हुँदै हामी बच्चाहरूलाइ नाच्न र गाउन लगाउँदै मनोरञ्जन गराउनु हुन्थ्यो।जस्तैःगीत हुन्थ्यो-"बाटो मुनी हुटीट्याउँ कुहेको,हाम्रो स्कूल धूरीमै चुहिएको।"ती िदनहरू वीतेका पनी त्यति धेरै जस्तो त लाग्दैनन् नी,तै पनी नाघीसकेछ तीन दशक भने नरोकिने समयको गती न हो।म जन्मनु भन्दा कयौं बर्ष अघि स्थापित पवित्र मन्दिरले त पुरा गरीसकेछ५दशक अर्थात ५० वर्ष।यहाँनिर मलाइ कुन कुरामा गर्व लाग्छ भने िशछ्यविना कुनै पनी व्यक्ती,समाज,राष्ट्र वा भनौ समग्रमा िवश्वले नै अग्रगामी रुपान्तर भई
उन्नती गर्नै सक्दैन भनेर २०२१ सालमै यस िवधालयको अवधारण ल्याइयो। ती तमाम सचेत पुज्य शिछ्यवीद अभिभावकहरू प्रति श्रद्धासुमन एवं स्लुट नभनी रहन कदापी सकिन्न।
             ५० औं बर्ष पूरा गरेको शुभ-अवसरमा एेतिहासक तथा गौरवमय स्वर्णमहोत्सव २०७० पौष १९,२०,र २१ गते भव्यताकासाथ मनाउन गइरहेको सहर्ष जानकारी स्वर्ण महोत्सव मूल समारोह समीतिबाट प्राप्त पनी भयो र ज्यादै खुशी पनी लाग्यो।तर एउटा कुराले भने मनमा हिचकिचाहट छाइरह्यो।कारण िथयो,स्वर्ण महोत्सवको शुभ-अवसरमा िवधालयको "स्मारिका"पनी प्रकाशीत हुँदै रहेछ र उक्त स्मारिकाको लागि
आफूलाई जे जस्तो आउँछ,लेख तथा रचनाहरू लेख्नुपर्ने।जसले गर्दा म आफैंले आफैंलाई यो प्रश्न गर्दथ्यो कि साहित्य र भाषिक लेखनको माध्यमबाट आफ्नो अन्तर्मनको भावनात्मक अभिव्यक्तिलाई छर्लङ्गसँग पाना-पानामा राख्न सक्ने कौशल्ता नै छैन,अनी के लेख्छस?एउटा कुरा म आफूलाई त्यो बेलाको बुर्जुवा िवग्यानको िवधार्थी ठानीटोपल्थें।त्यसैले होला।न त म CO2,H2O र HCO3 बारे लेख्न सक्थे,न त अनिबार्य गणित र एेच्छिक गणितको a3+b3 वा a2+b2 तथा SinA,CosA र TanA बारे िबशेष अनुसन्धनात्मक लेख नै लेख्न सक्थे।
              वास्तवमा मान भाई र दाई हरिले बेलाइतबाट केही त लेख्नु है भनिरहनुहुँदा  "स्मारिकामा"म कुनै लेख नै नलेख्ने मनस्थिती बनाएर बसेंको िथएँ।िकन भने मलाई लाग्थ्यो-म जस्तो अर्धभाषिक दछ्यता भएको व्यक्तिले यस्ता भावनात्मक लेख िनकाल्दा प्राग्य व्यक्तित्वहरूले यो कस्तो फूर्ती गरेको?यो कस्को देखावटी गरेको होला?भन्लान भन्ने डर पनि िथयो,अझै छ।वास्तवमा म स्पष्ट बोल्न,स्वतन्त्र ढंगले लेख्न र काम गर्न चाहन्छु,तर अरूले के भन्लान भन्ने डर छ।आफ्ना कुराहरूलाई अभिव्यक्त गर्दा मनका सारा िछतीजलाई पाना-पानामा राखुँ जस्तो लाग्छ तर मनको अन्तरकुन्तरमा िहच्किचाहट पनि त्यति नै छ।लाग्छ एऊटा चरा जस्तैःस्वतन्त्र िजन्दगी बाँचौं,तर अरूले के भन्लान भन्ने संकोच पनी त्यतिकै छ।अन्तमा फेरी िवधालयकाे प्राचार्यः(जो अभिभावक तथा िवधार्थी वृत्तमा अत्यन्त मृदुभाषी तथा मिलनसार छवी बनाएका स्पष्ट व्यत्तित्वमा गनिन्छ।) आदरणीय मुन प्रसाद देवकोटा सरले फोन गरेर अर्जुन सोल्टी सर।लेख तयार भए िछट्टो ई-मेल गर्नु पर्यो।तर मैले िसधै भनें छैन नी हजूर। मैले त बिषय बस्तु नै पाईएन,के बारे लेख्ने र खोई?अनि तुरुन्त उहाँले यो गुरूङ्गलाई फुरूङ्ग पार्दै भन्नु भयो-ह्ययय तपाइँ पनी।हेर्नुस सोल्टी सर,"लेखक भाषाबाट होईन,सकरात्मक भावनाबाट हुन्छ।"भावना राम्रो छ भने लेख त्यतिकै राम्रो बनीहाल्छ।त्यसैले मनका अन्तरकुन्तरमा जे छ फुराईिदयो सरर....।तपाँई पनि के भा त ल्हे?स्वयं आफैंले आफैंलाइ कमजोर ठान्ने?वास्तवमा यो मेरो मनोवैग्यानिक कमजोरी भनौ या दरीद्रिक सोंचाइ पक्कै िथयो र अन्तमा जे आउँछ फुराईदिने जमर्को गरें,जस्ले जे जस्तो िवष्लेषण एवं प्रतिक्रिया गरे पनी गरोस,सकरात्मक या नकरात्मक भनेर.........।
               मैले अन्तर्मनको यो िबष्लेशणातमक लेख लेख्नको मुख्य उद्धेश्य हाम्रो यस उच्च मा.वि प्रति सकरात्मक सोंच भएका सहयोगी हातहरू,सहयोगी मनहरु अर्थात परोपकारी र मनकारी व्यक्ती-व्यक्तीत्वहरूको जमात तयार होस भन्नु नै हो।जुन बेलासम्म िशछ्या छेत्रमा अग्रगामी समुल परीवर्तन र प्रवर्द्धन हुनै सक्दैन तबसम्म व्यक्ति,गाउँ,समाज,राष्ट्र र समग्रमा िवश्वले नै समुन्नतिको बाटोमा अगाडि वढ्नै सक्दैन।हाम्रो यो भेकमा मात्रै होइन,कहीं कतै पनी वर्गहीन आर्थिक समाज रूपान्तरणको सम्भावना हुँदैन।कसैसँग स्रोत छ,साधन छैन,कसैसँग साधन छ,स्रोत छैन।कसैसँग िवचार छ, लगानी छैन।अनि कसैसँग प्रशस्त दान िदन सक्ने पैसा छ तर परोपकारी भावनाको कमी छ।यही छ र छैन तथा भएर पनी िदन मन नहुने र नहुँदा पनी थोरै भए पनी दीन पाए हुन्थ्यो भन्ने बीचको खाडलमा यदी हामीले थोरै भए पनी परोपकारी भावनाको पुलेसो िनर्माण गर्न सक्यौं भने हामी हाम्रो यो उच्च मा.िव.को धेरै समस्याहरूलाइ सुल्झाउन सच्छ्यम हुने िथयो भन्ने लाग्छ।हुन त उकालो लाग्दा बाटो लामो हुन्छ,ओह्रालो लाग्दा त्यही बाटो एकदम छोटो।यही नै होला िवकासको वास्तवीकता पनी।तै पनी परीस्थितीले हामीलाई परीवर्तन गर्ने होईन,हामीले परिस्थतिलाई परिवर्तन गर्ने हो।
                िवषयान्तर बदल्न चाहन्छु र यो िबष्लेषणात्मक िवचारलाइ नकरात्मक रूपमा मात्र नहेरी हाम्रो सकरात्मक िभत्रको थोरै नकरात्मक पाटो केलाएको मात्रा हो भनी ग्रहण गरिदिनु हुनेछ भन्ने हार्दिक अपेक्छ्य पनी राख्दछु।यसमा मैले ,िबधार्थी तथा िशछ्यकमा,युवा तथा प्रौढमा,अभिभावक वा बृद्ध बा-आमाहरूमा निहीत परोपकारी भावनाको कमीलाई समीछ्यात्मक रूपमा केलाउने प्रयास गर्न चाहेको मात्रा हो।
               प्यारा बिधार्थी भाइ-बहिनीहरू तथा आदरणीय िशच्छ्यक-िशच्छिका ज्यूहरू।िबधार्थी र गुरूबीचको सम्बन्ध नङ र मासुको जस्तै रहन्छ भन्ने स्वयंिसद्ध एवं सकारात्मक तथ्यलाई चटक्क िबर्सेर आज म यहाँ हामीमा परोपकारी भावनाको चाहीं केही न केही मात्रामा कमी भएको होकी भन्ने यथार्थलाई कोट्याउने जमर्को गर्न चाहन्छु।कृपया अन्यथा नलिईदिनु होला।
          परोपकारी  भावनाको कुरा गर्दा हामीलाई बुर्जुवा नैतीक िशछ्याको अध्यापन त गराईयो तर व्यबाहारिक रूपमै यसरी गरौं र गर्नुपर्छ भनेर विधालय स्तरमै कहिल्यै िसकाईएन।।हामीलाई हाम्रो बाजे-बाउ र सरहरूलेआशिर्वाद िदनु हँदा कहिल्यै िदनु पर्छ भनेर िसकाउनु भएन।खाली तँ ठूलो मान्छे बनेस,तँ हुने खाने भएस,जसरी हुन्छ,धन सम्पती कमाएस। जसरी पनी अरूको अगाडी हुने खाने भएस,जस्ता खाली तँ...तँ...तँ...तैंले जसरी हुन्छ अरू भन्दा माथी बन्नै पर्छ,हुनै पर्छ भनेर आिशर्वाद िदइयोअनि १०% व्यक्तिहरू बाहेक यस्तो परीवेशमा हुर्केका म,तपाँई लगायत जो कोही पनी नेता,मन्त्री,प्रशासनिक,न्ययिक छेत्र,प्राबिधिक,डाक्टर,ईन्जिनियर,कर्णेल,एस पी जो जे सुकै बने पनी जसरी पनी िलनु पर्छ,कमाउनु पर्छ भन्ने मानसिकता भएको जनशक्ती उत्पादन भएपछी देशले भ्रष्टचारी नपाए के पाउँछ र समाज उँभो लागोस्?नेपालको हर छेत्रमा यस्तो प्रवृती देखीनु यसैको पराकाष्ट हो भन्ने लाग्छ।त्यसैले िवधालय स्तरबाटै व्यवहारीक परोपकारी िसकाउन पाए पछी दछ्य भएपछी ऊसले समाजलाइ सजिलै िलनको सट्टा केही न केही योगदान अवश्य िदने िथयो कि?लाग्छ मलाई हाम्रो जन ज्योती उच्च मा.िब. मा प्रारम्भिक िशछ्य शुरूवात गरेका सम्पूर्ण भू.पु. िबधार्थी मध्ये कम्तिमा १०००जना मनकारी मन भएकाहरूले बर्षको मात्रा रू५,००० मात्रा दान िदने हो भने पनी १०००x५,०००=रू५,०००००(पाँच लाख)र रू १०,००० िदए रु १०,००००(दश लाख)सङ्कलन हुने रहेछ।बार्षिक त्यति रकम भएमा त हामी गजबले आधुनिक प्रविधियुक्त उ.मा.बि.सञ्चालन गर्न सक्छौं।तर दुर्भाग्य भन्नु पर्छ हामीसँग पैसा छ भने दोहोरी साँझ गएर १०-२० हजार २-३ घण्टा पाखुरा सुर्काउँदै िबजुलीपानी तान्न र िट्रप्स िदनमा गर्व गर्दा रहेछौं तर परोपकारी काममा िदन भने दाँत बाटै पसिना चुहिंदो सरह हुँदो रहेछ।यसो भनीरहँदा हजार होईन लाखौं रूपैयाँ परोपकारी काममा लगानी गर्ने हाम्रा आदरणीय टक भिनाज्यू(उहाँ एक्लैलै एकै पटकमा £१५००पाउण्ड अर्थात हालको नेपाली भाउ अनुसार १५००x१६१.५३=रू२४२,२९५ सहयोग गर्नुभएको छ।)जस्ता थुप्रै िशछ्या प्रेमी एवं ंअन्य मनकारी मनहरू पनी हाम्रै समाजमा रहेछन जुन यहाँहरूले www.chipletisamaj.blogspot.com मा log on गरी उहाँहरूको नामको सूची हेर्न सक्नुहुन्छ।यसो भनीरहँदा कसैकसैले चाहीं त्यस्ता यू.के.,अमेरीका र अष्ट्रेलिया गए त हामी पनी िदन्थ्यौं नी।तर मलाइ लाग्छ-त्यहाँ पनी पैसो रूखमा फल्ने पात त होइन होला।बरू उहाँहरूले त ८-घण्टा काम,८-घण्टा आराम वा सुताई र ८-घण्टा मनोरञ्जन अन्तर्गत खानपान,सरसफाइ,व्ययाम आदी भन्ने ILO को िनयमलाई चुनौती िदंदै दैनीक कम्तीमा १२-१८ घण्टा काम गर्नु भनेको कम चुनौतीपूर्ण मान्न सकिन्न,एक वा दुई दीन त होईन नी।अर्कोतिर िवगतका िदनहरूमा कलेज सञ्चालनको क्रममा अफ्ठ्यारासँग मुकाविला गर्न िनःवर्तमान प्र.अ. आदरणीय गुणकान्त पोख्रेल सरको भूमीका, अन्य स्थानिय अभिभावक ज्यूहरू तथा कलेजका प्राध्यपकहरूलाइ पारीश्रमीक खुवाउन नसक्दा िजम्मेवारी व्यक्तिको नातालेआफ्नै जग्गा धितो पो राख्नु पर्छ की क्या हो?भन्नुहुँदा अन्य सर,म्याडम तथा मीसहरूले आफ्नो पारिश्रमिक काटेर सहर्ष िवधालयको खातामा जम्मा गरीिदनु भएको िततो लाग्ने तर सकरात्मक परोपकारी भावनालाई पनी सम्मान नगरीरहन कदापी सकिन्न।
                 भाइबहिनीहरू।अर्को पाटो यहाँनिर यछ्य प्रश्न यो पनी अवश्य आउँछ कि हामी िवधार्थीसँग आर्थीक स्रोत नै हुदैन त कहाँबाट परोपकारी काम गर्ने,चोरेर?तर होइन। जहाँ इच्छा,त्यहाँ ँउपाय।समाज र िवधालयप्रती परोपकारी काम गर्न पैसा नै आवश्यक पर्छ भन्नु िनतान्त गलत धारणा लाग्छ मलाई।पैसा त केवल विनीमयको साधन मात्र हो, साध्य होईन।
परोपकार भनेको मानवताको भावना िवकास गर्ने माध्यम हो।सह्रीदयी भावनाको िवकास गर्ने एउटा माध्यम हो। यदि हामीमा सकरात्मक मनोभावना छ भने बाटोको ठेस लाग्ने ढुङ्गालाई िमलाईिदऔं,बाटोमा काँढाको झ्याङ र उन्यू भए पन्छाईिदऔं,कहीं खानेपानीको पाईपबाट पानी चुहिए बनािदऔंं।िवधालयको डेष्क-वेन्चको खुट्टा भाँच्चिन लागे बनाईिदऔं,झ्याल ढोकाको कब्जा फुत्किन लागे किला काँटी ठोकेर मर्मत गरीदिनोस वा तपाँईले अध्ययन गर्न लानुभएको िवधालयको पुस्तकालयको पुस्तकमा खोल राखीदिनोस वा च्यातिन लागेको भए गम वा टेप लगाईदिनोस,या त िवधालयको जग्गामा कुनै फूल वा फलफूलको िबरूवा हुर्काईदिनोस् त।त्यसको सुगन्ध, फल र अक्सिजन तपाँईले लिन र खान नपाए पनी अरू कसैले त अवश्य पाउँछन नी।अनी तपाइलाई आशीर्वाद र आत्मसन्तुष्टी अनी नाम...आदी इत्यादी।वास्तवमा हेर्दा सानो लाग्ने तर तपाँईको भित्री अन्तर्मनबाटै प्रेरीत भएर गरेको यस्तो कामले  तपाईलाई यति आत्मसन्तुष्टी मिल्छ की प्रत्येक कोषकोषमा सकरात्मक उर्जा प्रवाह भएर पढाएको पनी सजिलै बुझिएको अनुभव हुनेछ।त्यसैले त रहेछ िवश्वका हरेक सफल र असल भनिएका व्यक्तिहरू सकरात्मक सोंच भएकाहरू नै हुँदारहेछन्।त्यसैले त प्लेटोले भनेका छन,"सत्य सधैं शाश्वत हुन्छ र एक टन िसद्धान्त भन्दा एक औंस काम सयौं गुणा महान हुन्छ।"
               यहाँ चाइनाको िवधालयको िवधार्थीहरूबाट पनी थुप्रै परोपकारी कामहरू गरेको मैले देख्न पाएँ।जुन कुराहरू वा भनौं तरीकाहरू बाबु-नानीहरूसँग सेयर गर्नु पर्दा हालसालै यही नोभेम्बर(कार्तिक-२०७०)मा पुर्वी एसीयाको िफलीपिन्समा आएको आम िवनाशकारी ह्यसन नामक सामुन्द्रिक (Hayasan Typhoon)को प्रकोपबाट लाखौं मानिसहरु घरबारविहीन तथा हजारौंले ज्यान गुमाउनु परेको पीडादायक समाचार जब विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आयो,तब त्यसको भोलीपल्ट नै उनीहरूले ३१,०००डलर र दुई ट्रक लत्ता कपडा,चाउचाउ,चामल, आदी आफ्नो घरबाट जे ल्याउन र दिन सकिन्छ जम्मा गरेर  फलानो िवधालयको िबधार्थीहरूको तर्फबाट भनेर पठाईिदए।मानवीय सम्वेदनालाइ बुझ्ने काम ती कलीला मनहरूबाट भएको देख्दा अचम्म र खुशी पनी लाग्यो किन कि त्यहाँ मेरो पनी थोरै भए पनी रकम (१०० डलर)समाहित भएको िथयो।पछि थाहा भयो यी रकमहरू त उनीहरूले आफ्नो खाजा खर्च जोगाएर पो जुटाएका रहेछन्।त्यसतै िवधालयको पढाई सक्काएर कलेज जाने बेलामा  पछिल्ला भाईबहिनीहरुको उज्जवल भविष्यको कामना भनेर पुस्तकालयमा राम्रा राम्रा िकताबहरू उपहार छाडेर पनी जाँदा रहेछन्।जुन हामी पनी अनुसरण गर्न सक्छौं कि?राम्रो कुराको देखासिकी गर्दा त के नै फरक पर्ला र?भन्ने लाग्दछ।गर्नै नै भित्री ईरादा छ भने हामी पनी सक्छौं।जस्तैंः१० मीनेट फोनमा बोलिन्छ भने पाँच मीनेटमै कुरा टुङ्ग्याए भयो।महंङ्गो तर स्वस्थ्यलाई हानिकारक जङ्क फुडको सट्टा घरकै प्रोटीनयुक्त ताजा मकै भटमास दन्काए भईहाल्यो।तर हामी त्यसो गर्दैनौं,कीन होला?यो प्रश्न बाबु नानीहरूलाई नै ल।
                       प्रविधि र िवकासले आजको जस्तो फड्को कहिल्यै मारेको िथएन भन्दा कसैको दुई मत नहोला।तर यसलाइ प्रयोग गर्दा वरदानको रूपमा गर्ने कि अभिशापको त्यो हाम्रै हातमा रहेछ। अहिलेको प्रविधिले संसारलाइ यति सानो बनाईदियो कि हाम्रै बाबाहरूको पालामा पल्लो गाउँमा भएको घटना थाहा पाउन१-२ िदन लाग्दथ्यो रे भने अहिले छ्यणभरमै िवश्वको कुन कुनामा के भयो?तुरून्त थाहा पाउन सक्छौं।हुन त िवकाससँगसँगै केही विकृती पनी आउने रहेछ नै तर िवकास भनेको गर्ने कार्य रहेछ,िवकृति चाहीं रोक्ने।
               एक जना तन्नेरीले यु-ट्यूबमा एउटा िफल्म १५१ पटक हेरेछ र अझैं हेर्ने तरखरमा रहेछ।सुन्दा पनी अचम्म १५१ चोटी।कती मनोरञ्जन पायो होला त्यसले र अचम्म मान्दै अर्को साथीचाहींले होईन के त्यस्तो िशछ्या िदने खालको कुरा छ र,तँ बारम्बर उक्त िफल्म हेर्छस?अनी केटो भन्छ,अरे मुर्ख तँलाइ थाहा नै छैनस की त्यहाँ कती गजवको दृष्य छ भनेर।कुरो के भने नी यो फील्मको मध्यान्तर तीर नायिकाले रेलको लीक छेउमा बसेर आफ्नो शरीरको पुरै कपडा फुकाल्दै िथयो र अन्तमा उनको िभत्री बँाकी कपडा मात्रा फुकाल्न बाँकी िथयो।तब ठ्याक्कै त्यही बेला साला एउटा रेल आएर छेकीिदयो।मैले यो फिल्म बारम्बर दोहोर्याएर हेर्नुको कारण चाहीं के हो भने कुनै न कुनै बेला नेपालमा जस्तो ट्राफिक  जाम भएर त्यो रेल २-४ मीनेट ढीलो आयो भने त पुरा......दृष्य देख्न पाईन्छ नी।यस्तो कुरा तँ मूर्खलाई के थाहा?ल हेर्नुस त कस्तो गजबको मनोरञ्जन?जे मा पनी मनोरञ्जन खोजीदिने।यसको अर्थ मैले मनोरञ्जनको िवरोध गर्न खोजेको होईन। कुनै पनी कुराको मनोिवग्यानलाई बुझेर जे काम गरींदैछ,त्यसैमा मनोरञ्जन हुनुपर्छ।जस्तै िबधार्थीको मनोरञ्जन पढाईमा हुनुपर्छ।फेसबुक,टुवीटर र यु-ट्यूवमा होइन।
            अब फेरी प्रसंग वदलौं।अहिले नेपालको अन्योलग्रस्त िवषम राजनैतिक परिस्थितिको कारण रोजगार नपाएपछी स्वदेशमै काम गर्न चाहँदाचाहँदै पनि उर्जाशील हामी  युवाहरू िवदेशी भूमीमा आफ्नो भाग्य खोज्न िववश छौं।वास्तवमा हामी यसरी िवदेशीएकाहरूलाई दोष िदने ठाउँ पनी छैन।मानव सभ्यताको ईतिहासलाई पल्टाएर हेर्ने हो भने मानिसहरू आफू र आफ्नो सन्तानको सुनिष्चित एवं सुरछित भविष्यको लागि सधैं एक ठाउँबाट अर्को ठाउँमा बसँाईसराइ गरीरहन्छन्।यो कुनै अप्राकृतिक मानवीय स्वभाव नभई प्राकृतिक मानवीय स्वभाव(Social Behaviour)नै हो।
            यसरी िबभिन्न कारणवश स्थानन्तरण(Migrate)हुने क्रममा चाहे यूरोप,अमेरीका,अष्ट्रेलिया होस, या त एसीयाकै कुनै पनि मुलुक वा मातृभूमी नेपालमै।अन्य म नपुगेका ठाऊँहरूमा त के कसो हुन्छन कुन्नी? तर म पुगेका नेपाल र िवदेशी भूमीमा चाहीं विदाको बेला होस वा बारवेक्यु आयोजना गर्दा होस या रेष्टुरेन्ट या बारमा पार्टी आयोजना हुँदा वियर,ह्वीस्की र वाईन िपईदाको समयमा होस।त्यस्तै ऊता नेपालमा चाहीं टाईम पास गर्नै गाह्रो भो गाँठे भन्दै िबजुलुपानी तन्काउँदा होस या क्यारिमको गोटी पट्काउँदा होस या पत्ता फट्कारेर बाँड्दा होस।यी यावत तरीकाले हुने जमघटमा मैले यसो सोंच्दा मलाई के अनुभूती भयो भने त्यहाँ ती सबै नेपालीहरूले ओहो!देश त डुब्यो,िवकाश भएन,खत्तमै भयो।संसारकै गरीब देश हुने भो,नेपालमा बस्नलायक वातावरण भैदिएको भए यसरी िकन िवदेशीनु पर्थ्यो र?भनेर गम्भीर िचन्ता जाहेर गरेको पाईयो,देखीयो,आफूले पनी भनीयो।राजनीतिक दल,नेताहरू र प्रशासकलाई गर्न सम्म गाली गरीयो।फेसबुक र ट्वीटरमा स्ट्यास पनी लाईक र कमेन्टको आशा गरी गरी खूब अपडेट पनी गरीयो।वास्तवमा यो स्वभाविक पनि रहेछ कि"यो मन त नेपाली नै हो।"भने झै आफ्नो मातृभुमी प्रति चासो र िचन्ता हुनु।तर नेपालमै होस या िवदेशमा,ओहो!हजूरले मातृभूमि र समाजप्रति त्यति धेरै गम्भिर चासो र िचन्ता राख्नु त भयो।वास्तविक िततो यथार्थता ओकल्नु भयो।तर  देश र समाज प्रति यस्तो गम्भीर िचन्ता जाहेर गर्ने तपाँई अनि म लगायतले समग्र देशलाई नसके पनि आफ्नो गाउँ र समाजको
 निम्ति के कस्तो योगदान र भूमिका िनभाउनु भयो त नी भनेर प्रश्न राख्ने हो भने ५%परोपकारी व्यक्ति बाहेक सबै मुकदर्शक बनेको पाएँ।अनि आफू पनी। िकन िक समाजमा केही लछारपाटो लाए पो गर्व गरेर भन्नु।हुन त लोकतन्त्रमा सबैलाई मन लागेको बोल्न र भन्न हक त छ नै।तर आजभोली चाहीं मलाइ लाग्छ,समाजमा सानो भन्दा सानो परोपकारी भावना नराख्ने वा नगर्ने व्यक्ति वा नेताले अरूलाई गाली गर्नु र यस्तो भएन,ऊस्तो भएन भनेर भन्नु बेकार छ।वास्तवमा बाउ-आमाको कारण घर बिग्रयो भने त्यो घरको िजम्मेवारी स्वतःछोराछोरीमा आए जस्तै जुन समाज र राष्ट्र पछि परेको छ,िनश्चितरूपमा त्यहाँको नागरीक झन सचेत र परोपकारी भावनाको हुनुपर्दो रहेछ।खाली गाली गरेर,कुरा काटेर, ईन्टरनेटमा स्ट्याटस अपडेट गरेर र नेता,दल र प्रशासकलाई सत्ते सराप गरेर मात्रा हुने भए त मैले राम्रोसँग थाहा पाएअनुसार ४५-४६ साल बाट यता २५ बर्ष भईसक्यो गाली र ताली िदएको तर खोई त परीवर्तन आएको देशमा?
           अहिले आएर मलाइ के महशुस भयो भने बेलायत लगायत नेपालमै रहनुहुने मेरा केही अग्रजहरूले जुन परपकारी भावना लिएर अत्यन्त सह्रहनिय कामको थालनी त गर्नुभयो।तर त्यसमा सबैतिर बाट प्रभावकारी सहयोग नभएको हो की?भन्ने लाग्छ। यसको मुल कारण के लाग्दछ भने हामी भित्र परोपकारी भावनाको वृत्ति वकास एवं प्रवर्दन नभएको हो की?किन भने जब हामी युवाहरु कहींकतै जमघट हुन्छौंं,तब कुरा हुन्छ नेपालकै।यस्तो बेलामा ल यस्तो यस्तो सकरात्मक एवं परोपकारी काम गर्ने भनेको छ।हामीले पनी सकेको केही त गर्नु पर्यो भन्यो भने कतीपय त ती कुरा सुन्नै चहाँदैनन्,सुनीहाले पनी भोलीपल्टबाट तर्कन्छन।फोन रिसीभ पनी गर्दैनन र पर्सीपल्ट बाट टाढैबाट देख्नसाथ उम्कन्छन।कतिपय चाहीं समाधान खोज्नुको साटो उल्टो प्रतिप्रश्न राख्छन कि के यस्तो पारै नपाउने कामले पनी समाज बन्छ र?म एउटाले गरेर के हुन्छ र?आखिर िदयो एउटाले क्वापलक्क खाइदिने त हुन? के नै पो हुन्छ र भन्ने मनोवैग्यानिक अवधारणा सबैमा नभनौं धेरैंमा देखियो।तर तिनै व्यक्तिहरू हुन् -जस्ले सामाजिक कामको लागि ५०-१०० डलर िदन दाँत बाट पसिना िनकाल्ने तर पार्टी हुँदा ५००-१००० डलर एक घण्टामै िसध्याउने।पैसा नै छैन भन्ने  तर लाखौंको बाईकमा हुँईकिने,२० रुपैंयाँको बस भाडा तिरेर पुग्न सकिने ठाउँमा ट्याक्सी चढेर ६००-७०० रूपैयाँ खर्च गर्न सक्ने।यसो हुँदा वास्तवमा हामी पैसाको िकच्चोदार हुँदै होईनौं रहेछ।केवल अभाव देखीयो सानो मन,साँघुरो िवचारको घेरा!यहाँिनरै म मेरा आदरणीय अग्रजहरूले गर्न खोजेको काममा थोरै भएपनी आर्थीक एवं नैतिक समर्थन गर्दै  के चाहीं भन्न चाहन्छु भने उहाँहरूले हामीलाई यती उती रकम भन्नु भएको छैन,सकेको आर्थिक एवं भौतिक सहयोग मात्र माग्नु भएको न हो।तपाँइको पेशाबाट हुने आम्दनीको १%,५%१०% जति सकिन्छ सहयोग गर्नुस भनेको न हो।यदि सकिंदैन भने मानौं म चुरोट खान्छु र िदनमा १ बट्टा खान्छु भने त्यो १ बट्टाले २िदन पुर्याएर थोरै रकम छुट्याने प्रयास गर्ने।तपाई िदनमा २बोतल जुस, बीयर वा अन्य कुनै चीज िलनुहुन्छ भने एउटा िवधालयको नाउँमा कटाईिदनोस वा तपाँई महँङ्गा महँङ्गा ब्रान्डेड कपडा,जुत्ता वा ग्याजेट्स प्रयोग गर्नुहुन्छ भने १-२हजार रूँपैया तल ओर्लेर िवधालयलाई एक िसंढी माथि उकाल्नोस् भनेको मात्रा हो। ऊहाँहरूले हामीलाई सम्पूर्ण पेशा र व्यक्तिगत मायाँमोह नै त्यागेर जाँ हेनरी ड्यूना,अनुराधा कोईराला,पुष्प बस्नेत,दीलशोभा श्रेष्ट र मदर टेरेसा बन भनेको पनी होईन र म चाहिं निर्वाहमुखी पेशा अँगालेर बाँच्नु पर्ने मान्छे बन्न पनी सक्दिन। िकन कि ती त असाधारण ईश्वरीय छ्यमता भएका महामानवहरू हुन।केवल थोरै भए पनी व्यवाहारीक परोपकारको िसद्धान्तलाई अँगालेर उहाँहरूलाइ अनुसरण गर्न मात्र सक्छौं।जसरी एउटा मैन बत्तीले वरीपरि जतिसुकै उज्यालो िदए पनी मैनबत्तीमुनी सधैं अँध्यारै हुन्छ,त्यसैले त्यो मैनबत्तिमुनिको अँध्यारो हटाउन अर्को मैनबत्ती बाल्नैपर्छ।वास्तवमा धनाढ्य परिवारमा जन्मदैमा,िवश्विवधालयको िडग्रीको प्रमाणपत्र िलंदैमा र कुस्त पैसा कमाएर मात्र मान्छे सफल र ठूलो मान्न सकिन्न।िकन िक सफलता नाप्ने माध्यम पैसा र िशछ्या मात्रा हुन सक्दैन।सफल त त्यो व्यक्ति हो जस्ले समाज रूपान्तरणमा िबशेष योगदान गरे बापत समाजबाट ईज्जत पाउँछ।धनाढ्य र िशछित भईकन पनी योगदान िदन नसक्ने मानिस बन्नु अभिशाप हो।त्यसैले त्यस्ता धनाढ्य र िशछित भनि टोपल्नेहरूले स्वदेश होस या िवदेशमा कुनै फूर्ती नलगाए हुुन्छ।उनीहरूलाई राम्रारी नै थाहा छ की उच्च मा.वि. सञ्चालनमा के कस्ता वाधा व्यवधान आईरहेको छ भनेर तर बुझेर पनी बुझ पचाईरहेका छन्।
               त्यसैले प्रत्येक अभिभावक ज्यूहरूवाट पनी थोरै भए पनी सहयोग भयो भने पनी अझ उत्साह थपिने नै छ। हामी कसैले पनी आफ्नो बा-आमा,परीवार वा बाजे-बज्यैको नाममा लाख बत्ती बाल्नको सट्टा िबधालयमा उहाँहरूको नाममा पुस्तकालय खोलीदिन पनी त सक्छौं।एकलाख बत्ती बाल्न लाग्ने श्रम शक्ति,तेल र धागोको लागत हीसाब िनकाल्ने हो भने कम्तिमा पनी एउटा बत्तीको ३-५ रूपैयँा पर्ला।सामुदायिक िवधालयहरूको हकमा एउटा िठक्कको पुस्तकालयको लागि शुरुमा ३-५ लाख भए स्थापना गर्न सकिने िवग्यहरूको अनुमान छ।त्यस्तै हाम्रा बा-आमाहरू चारधाम  यात्रा गर्नुहुँदा हुने हजारौं रूपैया पनी विधालयकै कुनै पनी सकारात्मक काममा लगानी गर्नुभए घरमै बसी बसी आफ्नै आँखाले धर्म प्राप्त भएको पाउनु हुनेछ।जीवनक्र सुस्ताउने बेला मानिसको हरेक पल र छ्यण झन मूल्यवान हुन्छन् रे।भनिन्छ यो पल एक िदन मात्र सुखले कटे पनी भगवानलाई कृतग्यता व्यक्त गर्नुपर्छ रे।त्यसैले समाज रूपान्तरणको क्रममा तपाँईको बाहिरी आँखाले देखिने गरी गरेको भौतिक कामको मूल्य र मान्यताको मूल्यांङ्कनचाहि ह्रदयभित्रको आँखाले मात्र गर्न सक्छ।समयसँगै नेत्रदृष्टि धुलमुलिएर गए पनि मनको आँखाचाहिँ झन खुलेर आउँछ र झन हरेक कुराको अर्थ स्पष्ट भएर आउँछ।जसरी िहमाल पग्लेर छहरा,झरना,खोलानाला हुँदै नागवेलीबाटो लिएर जब कञ्चन पानी समुन्द्रको छेउमा पुग्छ,तब त्यो नदी शान्त र गहिरो बन्छ।सायद त्यसरी नै मान्छेको िजवनमा पनी अनेक अस्तव्यस्त िजन्दगीबाट गुज्रेर बुढेसकालमा आईपुग्दा सुख र शान्तिसँग बाँच्न खोज्छ।भत्केको र धरासायी भएको बासस्थान,परीवार र समाजको तस्बीर बृद्ध मानसपटलमा  राखेर मर्न न त म,न त तपाँई कोही पनी चाहँदैनन।जुन संवेदनशील अवस्थालाई बुझेर हामी सबैले अहिलेबाटै केही गरौं भन्ने अभियान हाम्रा अग्रजहरूको हो भन्ने मेरो बुझाई छ।
             िवधालयको पठनपाठनलाई सुढृड एवं परिष्कृत बनाउन हाम्रा केही अभिभावकहरूबाहेक अधिकांशको सहयोग िशछ्यकहरूलाई नभएकै हो भन्ने मेरो अनुभव र ठम्म्याई छ।िकन भने जब िवधालयको अन्तिम शैछ्यिक सत्र सकेर परिछ्या सकाएर रिजल्ट गर्ने िदन आउँछ उक्त िदनमा मात्र िशच्छयकहरूले फलानो िबधार्थीको अभिभावक भनेर िचन्ने मौका पाउँछन। अर्थात उक्त िदन मात्र िवधालयमा ती अभिभावक मेरो केटाकेटीको पढाइ कस्तो छ होला?भन्दै पुग्छन।िकन ती िदनमा मात्रा िवधालय आउनुभयो?जवाफ यहँाहरूले नै खोज्नुहुनेछ।न की िवकसीत देश र राम्रा भनिएका िवधालयहरूमा महिनाको प्रत्येक अन्तिम साता प्यारेन्टस मिटीङ भनेर अभिभावक र िशछ्यक वीच िवधार्थीको पढाई बारे समन्वय र छलफल िनरन्तर हुँदा रहेछन्।तर हामीचाहीं असारमा धान रोपेपछी एकैचोटी मंसीरमा धान कत्तीको फलेछ भनेर हेर्न गएको िकसानको कथा जस्तै छ,जुन प्रवृतीको िनराकरण हुनै पर्छ।त्यसैगरी जब प्र.अ.ज्यूले भेला राख्नु हुन्छ। धेरै अभिभाबकहरूको अत्यन्त न्यून उपस्थिती हुने गर्दछ।आउनुभएकाहरूलाई आफ्नो भावना सेयर गर्नुस भन्यो भने केही छैन,मलाई त बोल्न नै आउँदैन भनेर तर्कन्छन्।तर जो कहिल्यै विधालयको भेलामा उपस्थित हुँदैनन,ितनै अभिभावक यो काम लाग्ने डाँडो भा पो?फलानो िशछ्यक यस्तो र उस्तो भन्दै बाहिर बाहिर भन्दै हिंडेको पनी मैले स्वयं देखेको छु।मेरो ९-१०वर्षको अध्यापनको अनुभव के छ भने  त्यो अभिभावक ज्यू जो जतिसुकै अनपढ िकन नहोस,बाटो घाटो जहाँ भेटे पनी आफ्नो छोराछोरीको पढाईमा चासो िदयो भने त्यो मास्टरसाबले ४५ मीनेटको िपरीयडमा २-४ मीनेट चासो तपाँईको बच्चामाथी िदएकै हुन्छ।यसो भनि रहँदा मैले िशच्छयकलाई महान र बिधार्थी र अभिभावक ज्यूहरूलाइ दोषै दोष थुपार्न कदापी खोजेको होईन।गल्ती मानव हो,जो कोईको पनी हुन सक्छ तर यी तीन पक्छ्य(अभिभावक,िशच्छ्यक र िवधार्थी)बीच त्रिकोणात्मक सम्बन्ध नभए िवधालय जतिसुकै भौतिक रूपमा सु-सज्जित भएता पनि राम्रो परीणाम आउनै सक्दैन र सहयोगीमहानुभवहरूको मन कुँडिन सक्छ भन्न खोजेको मात्र हँु।िकन िक राम्रो प्रतिफल विनाको लगानिको कुनै अर्थ पनि त हुँदैन।
                      एक जनाOxford Universityका  िवग्यले भन्नु भएको छ,कि यो िवश्वमा जतिसुकै प्रागिक,प्रबिधि,भौतिक र राजनैतिक
विकास भएपनी त्यही ठाउँको मानिस स्वयं सकरात्मक काममा अग्रसर नभएसम्म कुनैपनी हालतमा त्यो देश र उक्त ठाउँको समाजले कदापी फड्को मार्न सक्दैन।त्यसैले हामी सबै यस भेकका बासिन्दाहरूले थोरै िकन नहोस योगदान त गर्नै पर्छ।एकाध ब्यक्ति मात्र िशछ्यित र धनाढ्य भएको समाजलाई िबकसीत मान्न सकिन्न।िवपन्न समाजमा सम्पन्न भएर बाँच्न मानवीय संवेदनशीलता भएको मानिसलाई धेरै गाह्रो हुन्छ रे।सुकुम्बासी बस्तीको बीचमा अग्ला-अग्ला महल बनाउन संभव हुँदैन।ऊ त एक्लो वृहस्पति बन्छ।दौडमा एक्लै कहील्यै भाग िंंलइँदैन।एक्लै दौडेर न त लच्छ्यमा पुगेवापत कसैले स्याबासी र ताली दिएर स्वागत नै गर्छ।दौड त सधै समूहमै हुन्छ र पो मज्जा आऊँछ त।हामी काश्किको घान्दुङ्ग गाउँ आहा कति सफा?लम्जुङको घले गाउँ त क्या नमूना गाउँ?अनि स्याङजाको िशरूबारी त अन्तराष्ट्रिय स्तरमै नमुना गाउँ रे भनेर अरूको गुणगान त गाउछौं तर आफ्नो ठाउँमा िदने योगदान भने शून्य रहेछ।हामीले जुनको शीतलतालाई पहिचान गर्ने हो,िभत्रको दागलाई खोट्याउने होइन।सूर्यको किरणलाई महत्व िदने हो रे, राप र तापको आलोचना गरेर बस्ने होइन रे।"रूखको टुप्पोमा फल लागेको बेला सबैले फल मात्तै देख्छन्,तर त्यो रूख,रूख बन्नका लािग बीऊ,बीरूवा हुँँदै सङ्घर्ष गर्दाको इितहास कसैले देख्दैनन्।"भने झैं त्यो गाउँ बनाउन उहाँहरु प्रत्येकले धेरै थोरै आर्थिक एवं भौतिक योगदान त अवश्य नै गरेकै हुनुपर्छ।स्वर्गबाट फुत्त त झरेन होला।यो तन त नेपाली,यो मन त िसराञ्चोकबासी।चाहे तपाँइ यु.के.,अष्ट्रेलिया,मलेसिया,जापान,दुवई,कत्तार.....या त आफ्नै मातृभूमी नेपालको जुनसुकै ठाउँमा बस्नु भएपनि।आजको परिवेशमा नेपाल छाडेर अन्त नजाऊ भन्न पनि मिल्दैन।िकन कि आजको यो िवश्व नै मानव बसाईसराईको(History of Migration)ईतिहास हो। त्यसै हुनाले तपाँई हामी जो जहाँ पनी बस्न सक्छौंं।तर हाम्रो ईतिहास बोकेको जन्मथलोलाई रूपान्तर भएको हेर्न चाहनुहुन्छ भने सानो भए पनी योगदान गर्न पर्यो।खाली कुरा मात्र गरेर,दल,नेता र प्रशासकलाई गाली गरेर मात्र नहुँदो रहेछ।काम गरेरै देखाउनु पर्दो रहेछ।नेपालमा हुनुहुनेहरूले पनी Moderate leadership गरीदिनु पर्यो।
व्यवस्थापन तथा सल्लाहकार समितिको अपेक्छ्या चाहिं के रहेछ भने उहाँहरूले पनी सहयोग गर्नुहुँदै हामी हरेकले गरौं,कसैले रू५०कसैले रू१००वा रू१००० वा लाख सहयोग वा भौतिक सहयोग गरौं। यसरी सहयोग गर्दा त्यो रूपैंयाँ िदनेको कहिल्यै पनी खल्ती खाली हुँदैन रहेछ।यो पक्का हो,किन कि कसैको अप्रत्यासित रुपमा तलब बढ्यो र उक्त तलब खल्तीमा परेपछी यो त मेरै हो भन्ने महशुस अवश्य नै हुन्छ र हो पनी।तर त्यो तलव नबढे पनी त तपाँई हाम्रो व्यवहारिक दैनीकी त चलीराखेकै िथयो त।तर हाम्रो िनर्वाहमुखी जीबनयापन सम्हाल्नुपर्ने परीवारीक पृष्टभूमी भएकोले सबै झिक्ने वा सुम्पने भनेको होईन तर मनको दायरालाई साँघुरो नपारी अलिकति झिक्दा तपाँइको त्यो मन यति ठूलो हुन्छ रे की त्यो मनले आफूलाई िदने आत्मसन्तुष्टी आकाश जस्तै फराकिलो र पर्फुल्ल हन्छ रे जुन संतुष्टि पेशामा पाइँदैन।पेशा त संसारका हरेक मान्छेले गरीराखेकै छ।तपाँई हामी हरेकले गरेका छौ।अर्को कुरा संसारमा पेशावाट सफल भएका तर सेवाको भावना नभएकाहरूले नै आत्म-हत्य  गर्दा रहेछन किन त?तर कसैकसैले पैसा िलएर गरेका कामलाई पनी पेशा भन्दारहेछन।वास्तवमा त्यो भ्रम हो।
               त्यसैले िनचोडमा भन्नुपर्दा हामी सबैको चाहना के हो भने हाम्रो भेकको समाज परिवर्तन तपाँई र हाम्रो जीवनकालमै हाम्रो आफ्नै आँखा अगाडि परिवर्तन होस्। एउटा यस्तो स्कूल होस जहाँ तीव्र गतिमा चल्ने ई-मेल ईन्टरनेटको सुविधा होस्।छात्र-छात्राको लागि छुट्टाछुट्टै व्यवस्थित शौचालय होस्।शारीरिक तन्दुरूस्तिका लागि व्यवस्थित खेल मैदान र खेलकुद समाग्री होस।िवगतका िदनहरूमा िचप्लेटी डाँडामा बोरीङ भयो भन्दै क्यारमको गोटी र ....मा व्यस्त हुने हातहरूले पुस्तकालयमा बसेर अन्तराष्ट्रिय स्तरका पुस्तकका पाना पल्टाउँदै तथा कम्प्युटर प्रयोगशालामा बसेर माउस र िकबोर्ड चलाउँदै गुगल सर्च गर्न पाईयोस्।त्यस्तै व्यवस्थित िवग्यान प्रयोगशाला होस न की वीगतमा जस्तो सैद्धान्तिक रूपमा राउण्ड बटन फ्लास्क भन्ने िवग्यानको उपकरणलाई प्रयोगात्मक रूपमा बुझाउनु पर्यो भने ब्लयाकबोर्डमा चकले कोरेर राउण्ड भनेको गोलो,बटम भनेको तल,फ्लास्क भनेको फुकेको भनेर मौखीक रूपले बुझाउन नपरोस्।जुन परिवर्तन गर्न सक्ने छ्यमता तपाँई हामीमा छ र उक्त परिवर्तन हेरेर मरौं।जुन परीवर्तन हेरेर मर्नेबेलामा मैले पनि थोरै अंश भए पनी केही त गरें भनेर आत्मसंतुष्टि िलएर गर्वका साथ मरौं।मरेपछि पाउने आमोद-िबनोद,रोदन,िचत्कार र समवेदनाको अपेक्छ्या हामी नराखौं।मरेपछि त मर्यो,सिद्धियो।मरेपछी परीवार र अरूले गरेको समवेदना के हामी देख्न र अनुभुति गर्न सक्छौं र?तर चाहना सब्वैका सब्बैमा हुनुप-यो।मेरो कमाइ थोरै छ,त्यसको त धेरै छ।यो भावना राख्दै नराखौं।हात्ती अनुसारको दाना,मान्छे अनुसारको खाना भने झैं हामी हरेक नागरीकले आफ्नो नागरीक दायित्व संझेर जति सकिन्छ,आफैले आफैंलाइ उदाहरण बनाएर पेश गरौं।जहिले पनि हामि कति अरूको उदाहरण मात्रै खोज्ने?तर हामी हरेक व्यक्ति आफैंमा उदाहरण बन्नुपर्यो,ता की क्रमशःहामी भन्दा मुनीका पुस्ताले पनी यस्तै प्रणाली अनुसरण गर्दै जाओस।हामी वरीपरीका अलिकति नकरात्मक सोंच र भावना भएका मानिसहरूमा पनि एउटा सकरात्मक मनोवैग्यानिक दवाब परोस।िकन भने डाँकाले पनी डकैती गर्ने कामलाई राम्रो भनेर भन्दैन।बलत्कारी,चोर,डाँका सबैले राम्रो कामलाई राम्रै भनेर भन्छ।त्यसैले यस्ता केही गर्नुपर्छ भन्ने भावना नभएका व्यक्तिहरूलाइ पनि नैतिक दवाब परोस र हामी सबै मिलेर गरौं।म पुर्वी एसियाको चाईनाबाट एक-दुई थोपा सहयोग गरौंला।तपाँई नेपाल,यूरोप,दुवई,कत्तार,मलेसीया,अष्ट्रेलिया,अमेरीका जो जहाँ हुनुहुन्छ १-२ थोपा मन साँघुरो नगरीकन िनरन्तर सहयोग गरीदिनोस र गरेरै देखाऔं।प्रमाणित गरेरै देखाऔं।सबका सब िबधार्थी,युवा,िशच्छ्यक,अभिभावक,बाजे-बज्यै,बाबा-
आमा,छ्यामा-मामा,िददी-बैनी,सोल्टी-सोल्टिना सारा मीलेर गर्यौं भने हामीले िसङ्गो िजल्ला र देश परीवर्तन गर्न नसकौंला तर हाम्रो जन्मथलोलाई र मानसिकतालाई परीवर्तन गर्न सक्छौं र साँच्चिकै आज भन्दा दश बर्ष पछाडी साँच्चिकै समाज हाँक्न सक्ने रूपान्तरीत,िसर्जनसील र अग्रगामी छलाङ मार्ने नयाँ पुस्ताको िनर्माण गर्न सक्छौं।भनिन्छ,असल मनासायले गरीएको शुरूवातको अन्त्य पनी असल नै हुनेछ।केवल १-२ जनाको प्रयास त मरूभूमीको िमराज वा तातो बालुवामा पानी सरह हुनेमा कुनै दुईमत छैन।
                        अन्तमा भनिन्छ-"गर्नेले नबोली नबोली गरेरै देखाउँछन रे।नगर्नेले कुरा र शब्दजाल मात्रै बुन्छन रे।"तै पनी यसमा मैले न त लेखकीय िवद्धता छाँट्न खोजेको हुँ,न त साहित्यिक व्यसनको लागि आलाङ्कारिक शब्दजाल नै थुर्पान चाहेको हुँ।यो कुनै प्रागिक अभ्यास पनी होईन।यसलाई त खाली बिश्लेषणात्मक र सुझाबमूलक व्यक्तिगत िवचारको रूपमा मात्र िलईदिन हुन सम्पूर्णमा बिशेष सविनय अनुरोधका साथ स्वस्थ, सुन्दर र शान्तिपूर्ण वातावरणमा सकरात्मक बन्दै जीवनभर सकुञ्जेल कर्म गरौं र जीवनभर सुखीसँग खाना पुगोस,खुशीसाथ समाजलाई पनि िदन पुगोस।हजूरहरूको हर मीलि सेकेन्ड सुखद बनोस।सर्वे भवन्तु सुखीन,बहुजन हीतया,बहुजन सुखया।"अस्तुः
अर्जुन
ह्याप्पी भ्याली चाईना
मंसीरः-२०/२०७०

1 comment:

  1. हामी अहिले भएका विरामीहरु को धेरै छ रूपमा, | doctorcollins3@gmail.com: यो स्वस्थ छन् र 100% जोडतोडले डा कृपा लारा अस्पताल ई-मेल सम्पर्क गर्नुपर्छ आफ्नो मृगौला बिक्री मा गम्भीर गर्ने सामान्य सार्वजनिक पुरुष वा महिला सूचित गर्न छ मृगौला प्रत्यारोपण को आवश्यकता मा, तिमी कारण वित्तीय ब्रेक पैसा को लागि आफ्नो मृगौला बेच्न मौका खोज गर्दै छन् र हामी आफ्नो मृगौला लागि $ 500,000USD प्रदान गर्नेछ। doctorcollins3@gmail.com .. whats-अनुप्रयोग नम्बर +2348108439977 धन्यवाद: र पनि हामी इमेल, तपाईं पनि अहिले हामीलाई इमेल उपचार आवश्यक भएमा एचआइभी / सहायता उपचार छ के।

    ReplyDelete