२०७०  लागि सक्यो ,
साथी हो अब त केही गरौँ,
मनलाई शान्ति देशलाई प्रगति दिन,
लौन साथी केही गरौँ !
लौन साथी केही गरौँ !
स्वदेशको सेवा गर्ने बढोस् तपाईंमा चाहना ,
५० औं बार्षिक उत्सबको  यहि छ, शुभकामना !!२
महिलाहरु जननी हुन् ,
सहयोगको,गरौँ हातेमालो 
युवाहरु लागि परौं समय हो हाम्रो,
देशलाई बुझ्न सकेमात्र देश हुन्छा राम्रो !
२०७०  साल लागि सक्यो अब त केही गरौँ ,
मनलाई शान्ति देशलाई उन्नति दिन ,
लौन साथी केही गरौँ !
देशमा प्रगति कसले चाहदैनन् !!!?
हाम्रो, अरुको मुख ताक्ने बानी,
यही बानीले मार्यो हामीलाई , 
( कसले ल्याउने पानी!!?)२
परदेशीको दुखेको घाऊ बुझ्न सक्ला कसले?
परिबन्धको जालमा परेको छ, जसले !
( त्यसैले त प्रवासबाट पनि उठौं सबै साथी ,
हाम्रो देशको गरिमा ,उठाउनलाई  माथि !)२
विरोध नगरौं ,राम्राका लागि ,
नेपाली हौँ ,हामी सबै ,
जागौं ,जगाऊं 
धेरै सुत्यौं अब हाम्रो निंद भगाउँ !!!!
२०७०  साल लागि सक्यो,
साथी अब त केही गरौँ ,
मनलाई शान्ति, देशलाई उन्नति दिन ,
(लौन साथी केही गरौँ !!!!)२
अरु देशले मरुभूमिलाई नि  बनाएका छन् धन ,
हामी भने मरुभूमि बनाउन, विनास गरेका छौं वन !!!!!
लौन साथी अब  त केही गरौँ ! 
देशका लागि , मर्न परे देशकालागि मरौं !!!
देशका  लागि ,मर्न परे देशकालागि मरौं !!!       

No comments:
Post a Comment