पूर्व प्रधानाध्यापक, शिक्षक लगायत समाजका सदस्यहरुलाई सम्मान


चिप्लेटी समाज युकेले शनिबार २३ अगस्ट २०२५ का दिन गोरखा दरबार रेस्टुरेन्ट फेलथाममा भेटघाट तथा सम्मान कार्यक्रम राखिएको थियो । चिप्लेटी समाज युकेले स्थापनाकाल देखि बेलायत भ्रमणको क्रममा विशेष व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम राख्दै आइरहेको छ ।


22 अक्टोबर 2016 मा
पहिलो पटक नेपाल सरकारको भू पु उप सचिव तथा जि सि ओ स्व जस बहादुर गुरुङ लाई सम्मान गरिएको थियो भने
दोश्रो पटकमा श्रीमती मीना गुरुङ र चर्चित लोक दोहोरी गायिका चिजा तमाङलाई  4 अगष्ट 2019 सम्मान गरिएको थियो ।
यसै सिलसिलामा शनिबार २३ अगस्ट २०२५ का दिन बेलायत भ्रमणका क्रममा जनज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्री विश्वनाथ अधिकारी

श्री सुक बहादुर गुरुङ र उहाँको धर्मपत्नी लाई खाँदा फूल र सम्मानपत्र प्रदान गरिएको थियो ।

यसैगरी समाजका सदस्यहरूमा बुद्धिस्ट कम्युनिटी स्वीण्डन युकेको अध्यक्ष श्रीमती लक्ष्मी गुरुङ, समाजसेवी
श्रीमती कुमारी गुरुङ र समाजको सल्लाहकार दम्पति श्री टकमान गुरुङ र श्रीमती तिलु गुरुङलाई पनि खदा द्वारा सम्मान गरिएको थियो । 

No comments:

Post a Comment