चिप्लेटी समाज यूके को भेटघाट तथा सम्मान कार्यक्रम

हरि गुरुङ वेलायत, यहि १५ अक्टोबर २०२३ आइतबारका दिन चिप्लेटी समाज यूकेले दशैं भेटघाट तथा समाजको नियमित वैठक राखिएको थियो । कार्यक्रम लण्डनको फेलथाम  स्थित KTM ROX मा दिनको 12 बजे देखि ६ बजे सम्म भएको थियो ।

व्यस्तताको कारण अध्यक्ष देउ बहादुर गुरुङ अनुपस्थिति रहेको कार्यक्रम सचिव केसर गुरुंगले संचालन गरेका थिए । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष तथा सल्लाहकार राम गुरुङ ,सल्लाहकार तुल बहादुर गुरुङ, टक मान गुरुङ, कृष्ण गुरुङ जय बहादुर गुरुङ, चन्द्र गुरुङ लगाएत समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बेलायत भ्रमणमा रहेका
भु पु प्राविधिक प्रमुख सेनानी (रिटायर्ड टि कर्नेल) तथा क्वाने घोताने घोण्डे तमु गुरुङ समाज नेपालको केन्द्रिय सदस्य श्री चन्द्र गुरुङलाइ समाजले खादा र सम्मान पत्रको साथमा सम्मान गरिएको थियो  । यसै गरि बेलायत भ्रमणमा रहेका चिप्लेटी लगायत छिमेकी पालिकाका सदस्यहरुलाई पनि खादाले स्वागत गरिएको थियो । समाजक यूवाहरुलाई नयाँ घर किनेका र विभिन्न विषयमा स्नातकोत्तर र मास्टर उत्तीर्ण गरेकाहरुलाई पनि खादाले सम्मान गरेका थिए ।

समाजले नेपाल बाट बेलायत भ्रमणमा आउने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो भने यो तेस्रो पटक हो । जसमा भु पु प्राविधिक प्रमुख सेनानी (रिटायर्ड टि कर्नेल) तथा क्वाने घोताने घोण्डे तमु गुरुङ समाज नेपालको केन्द्रिय सदस्य श्री चन्द्र गुरुङ पर्नु भएको छ ।

पहिलो‌ पटक 22 अक्टोबर 2016 मा  नेपाल सरकारको भू पु उप सचिव तथा जि सि अ स्व जस बहादुर गुरुङ लाई सम्मान गरिएको थियो भने
दोस्रो पटकमा श्रीमती मीना गुरुङ र चर्चित लोक दोहोरी गायिका चिजा तमाङलाई  4 अगष्ट 2019 सम्मान गरिएको थियो ।
समाजका सदस्य मनि राज गुरुंगले कार्यक्रमको तस्बिरहरु लिएका  थिए ।

कार्यक्रममा समाजका समसमयिक विषयहरुमा छलफल गरेर साझ ५ बजे अन्त्य गरिएको थियो । उक्त कार्यक्रमा बिबिध परिकारको बफेट र पेय पदार्थको खाएर कार्यक्रम बाट बिदा भएको थियो ।

No comments:

Post a Comment