चिप्लेटी समाज यू के को नया बर्ष कार्यक्रम २०७५ भब्य अनि सब्य रुपमा सम्पन्न

चिप्लेटी समाज यू के को नया बर्ष कार्यक्रम २०७५ सिप्सन कमुनिटी हल लन्डनमा भब्य  अनि सब्य रुपमा सम्पन्न भएको छ l कार्यक्रम संयोजक केसर गुरुङ बाट संचालन गरेको नया बर्ष कार्यक्रम निर्धारित समय भन्दा केहि समय पछि शुरु भएको थियो l
स्वागत मन्तब्य र स्वास्थ्य, सुरक्षा सम्बन्धि जानकारी कार्यक्रम संयोजक केसर गुरुङ बाट प्रस्तुत गरिएको थियो l
लगतै चिप्लेटी समाजका अध्यक्ष देउ बहादुर गुरुङ बाट नया बर्ष २०७५ को शुभकामना मन्तब्य र उपस्थित सम्पूर्ण लाइ धन्यबाद तथा आभार व्यक्त गरेका थिए l  उक्त कार्यक्रमको  प्रमुख अतिथि गोरखा जिल्ला गुरुङ समाज यू के का अध्यक्ष फडक जित गुरुङ बाट पनि  नया बर्षको शुभकामना व्यक्त गरेका थिए l वहाले उपस्थित सम्पुर्णलाई
धन्यबाद दिदै संघ सस्थारुले एकापसमा कार्यगत एकतामा जोड दिनु पर्ने र युवा हरुको सहभागितालाइ बडाएर जिम्मवारीहरु हस्तान्तरण गर्दै लानु पर्ने विचार राखेका थिए  l
कार्यक्रमको दोस्रो चरणमा चिप्लेटी समाजका युबाहरुले अतिनै रोचक र नया सैली र ज्ञानबर्दक खेलहरु
प्रदर्शन गरेका थिए l कार्यक्रम गौ माया गुरुङ(कबिता ) डेबिट गुरुङ, सुमन  गुरुङ लगाए युवाहरुले संचालन गरेका थिए l
जुन खेल आफ्नै गाउ घर तिर पाइने, उत्पादन हुने फलफुल गाउ घरमा खेतिपी र घरमा उपयोग गर्ने सरसामान र चिप्लेटी आसपासका गाउ हरु जस्तो चिप्लेटी, ठोटनेरी, उम्रुंग, मगर गाउ, चिलाउने,
ब्याखर्क, रातमाटे, फिमान, नया गाउ धारापानी, चिसापानी खपटे, कल्दुंग आदि गाउहरु लाइ समाबेश गरि बनाइएको थियो l
जो अतिनै रोचक र ज्ञान बर्धक थियो कार्यक्रम चल्दै गर्दा  संयोजक केसर गुरुंगले चिलाउने गाउको बारेमा, कुमारी गुरुङले ठोट नेरी गाउको बारेमा र सोम गुरुङले खपटे गाउको बारेमा केहि भनाइहरु राखेका थिए l
युवा हरुको पहिलो र दोश्रो चरणमा बिजयी समुह लाइ क्रमस गोरखा जिल्ला गुरुङ समाज यू के का अध्यक्ष  फडक जित गुरुङ र चिप्लेटी समाज यू के का सल्लाहकार तुल बहादुर गुरुगले पुरष्कार प्रदान गरेका थिए l
राफल चिट्ठाको प्रयोजन गौ माया गुरुङले गरेका थिए l उक्त खेल बटा संकलित केहि रकम चिप्लेटी आखा सिबिरमा खर्चिने छ l
आउदो डिसेम्बर २०१८ को दोस्रो हप्तामा गौ माया लगाएत युवा समुहबाट चिप्लेटीमा आखा सिबिर संचालन गर्ने र उक्त आखा  सिबिरको लागि आर्थिक र भौतिक जे सकिन्छ सहयोग गरि दिन हुन्  सबैलाई अनुरोध गरिएको छ l
अन्य कार्यक्रमहरुमा भन्दा यस दिनको कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको र  अधिकाम्स कार्यक्रम सबै युवाहरुले  संयोजन र संचालन गरेको थियो l यो अर्थमा चिप्लेटी समाजको कार्यक्रम पूर्ण रुपमा सफल भएको मान्न सकिन्छ l
उक्त दिनको कार्यक्रमा फोटो भिडियो हरि गुरुङ र मनि राज गुरुङले गरेका थिए भने  डि जे, साउण्ड सिसटमामा सुनिल लिम्बुले गरेका थिए l  स्वादिस्ट भोजनको व्यबस्ता  गोरखा किचन बाट गरिएको थियो l

No comments:

Post a Comment