श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समितीले विद्यार्थीलाई छात्रबृत्ति दिने -

Source Ratopati.com  काठमाडौं, बैशाख २८– गोरखा श्रीनाथकोटबाट विभिन्न पेशा व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएकाहरुको समुह ‘श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समिती’ले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने भएको छ । समितीको शनिबार राजधानीमा बसेको बैठकले श्रीनाथकोट गाविसका ५ विद्यालयका १० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने निर्णय भएको समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार छात्रबृत्तिस्वरुप विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामाग्री प्रदान गरिनेछ । आर्थिक अभावकै कारण गरीब तथा जेहनदार विद्यार्थी शिक्षाबाट
बञ्चित हुनु नपरोस् भन्ने हेतुले समुहका सदस्यहरुबाट दैनिक रु १ संकलन अभियान चलाएर जम्मा भएको रकमबाट छात्रबृत्ति प्रदान गर्न लागिएको उनको भनाई छ छात्रबृत्ति पाउनेहरुमा चन्द्रोदय मावि सिम्लेका भुवन गुरुङ्ग र सन्दिप लामिछाने रहेका छन् । यसैगरी, श्रीनाथ निमावि उपल्लो गोहोरेका मनिष महतो र विशाल परियार रहेका छन् भने सूर्यज्योती निमावि ठॉटिका दिनेश गुरुङ्ग र पविता गुरुङ्ग रहेका छन् त्यस्तै बुदॄचण्डि प्रावि झारगाऊका विनु गुरुङ्ग र अजित गुरुङ्ग छन् भने बालविकास प्रावि लप्सेबाट मनिता नेपाली र सन्तोष नेपाली रहेका छन् । यसबाहेक जनकल्याण उमाविमा पहिले देखिनै उपलब्ध गराउदै आइएको कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई समेत छात्रवृति बितरण जनाइएको छ । छात्रबृत्ति वितरण लागि लागि प्राविधिक तयारी भइएको भन्दै छिट्टै कार्यक्रममको आयोजना गरि वितरण गरिने घिमिरेले जानकारी दिए । - See more at: http://www.ratopati.com/2014/05/11/128700.html#sthash.lXySB8Dg.dpuf

No comments:

Post a Comment