गोरखाको उत्तरी गाउँ झिलिमिली

 गोरखा, १० वैशाख । मुलुकमा विद्युत्भार कटौती बढिरहेका बेला गोरखाका गाउँहरु भने लघुजलविद्युत् आयोजनाका कारण झिलिमिली बन्दै गएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने लापु, गुम्दा, थुमी, उहिया, केरौँजा, काशिगाउँ, मान्बु, सिर्दीवास, लाप्राक, बारपाक, सिमजुङ, स्वाँरा, सौरपानी, आरुचनौटे, ल्हो, विही, प्रोक, चुम्चेत, छेकम्पार गाविसका अधिकांश घरमा लघुजलविद्युत्बाट उत्पादित बिजुली पुगेको छ । जिल्लाको नौली खोलाबाट मात्रै तीन ठाउँमा बिजुली निकालिएको छ । विभिन्न संस्था र स्थानीय गाउँलेको सहयोगमा भूतखोला, हुँडीखोला, हुल्चुकखोला, थुमीखोला, स्टुलखोला, घट्टेखोला, राङरुङ खोलाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ । लघुजलविद्युत्बाट गोरखाका झन्डै १७ हजार घरधुरीमा बिजुली बत्ती बलेका जिल्ला विकासस्थित ऊर्जा शाखाले जनाएको छ । केन्द्रीय प्रसारण लाइन जोडिएका बजार क्षेत्रमा विद्युत्भार कटौती बढिरहेका बेला ग्रामीण क्षेत्रमा भने ढुक्कले बत्ती बाल्न पाइएको गुम्दाका स्थानीय भीमप्रसाद गुरुङ बताउछन ।   साभार संचार केन्द्र

No comments:

Post a Comment