बच्चाको पेटमा बच्चा

काठमाडौं, चैत्र १५ - 'डा.चौधरी एक पटक तुरन्त तल सिटि स्क्यान कोठामा आउनुस, अनौठो केश देखियो ।', गत साता कान्ति वाल अस्पतालका रेडियोलजिष्ट डा.प्रसान्त खतिवडा र डा.भवानी यादवले बाल शल्यक्रिया विभागका कन्सलटेन्ट शल्यचिकित्सक डा.आर.पी चौधरीलाई फोन गरे । डा. चौधरी त्यहा पुग्दा रेडियोलजिष्टहरुले सिटि स्क्यानको सहयोगले १० महिनाको वालकको पेट भित्र दुईवटा हात,खुट्टा तिध्रा, जिउ र टाउको भएको पुर्ण वालकको
संरचना रहेको देखाए । 'यो त फिटस इन फिटो (भ्रुणको भित्र भ्रुण) रहेछ, भनेर हामी जिल्ल पर्यो, यो असाध्य दुर्लभ स्थिति हो', डा.चौधरीले भने-'ती बच्चाको पेटमा भएको आधा किलोग्रामको गाठो (टयुमर)को विचमा करिव तिन सय ग्रामको एउटा शिशु रहेको हामीले परिक्षण वाट हेर्यो ।' यो समस्या करिव पाच लाख जीवित जन्ममा एउटा हुने गरिएको अनुमानित तथ्याङ्क छ । बच्चाको पेट भित्र रहेको वच्चा परिजिवी जस्तै उसको शरिरवाट पोषक तत्व लिएर आकारमा बढी रहेको हुन्छ । यो समस्या सामान्यतया गर्भावस्थामा आमाको अल्ट्रासाउन्ड गर्दा थाहा पाइन्छ । तर सर्लाही घर भएकी ती वालकको आमाले घर मै सन्तान जन्माएकी थिइन । अस्पतालमा वालकको गत मंगलवार शल्यक्रिया गरेर पेट भित्र परिजिवी भएर वाचेको अर्को भ्रुणलाइ झिकिएको छ । शुक्रवार देखी वालकलाइ खाना समेत खुवाउन थालिएको छ । उक्त शल्यक्रियामा डा.चौधरीको सहयोगीमा डा.पुष्कर पोखरेल थिए भने एनेस्थेसिया डा.शान्ता सापकोटाले गरेका थिए । ती बालकको पेट वाहिरै वाटै दुई महिनाको उमेर देखी नै गाठो(टयुमर) देखिन्थ्यो र यो विस्तारै बढदै गएको थियो । 'दुई महिना अघि देखी ति वालकले खाना खाए पछि वान्ता गर्ने समस्या देखिए पछि स्थानीय मलंगवा, सितामढी आदिमा देखाए पछि यहा ल्याइएको हो', कान्तिका निर्देशक डा.आर.पी.बिच्छाले भने-'मुलुकमा मेरो अनुभवमा यो पहिलो यस प्रकारको सफल शल्यक्रिया हो ।' नानी को पेटमा भएको सानो नानी सानो र ठुलो आन्द्रा संग जोडिएको थियो । उक्त शल्यक्रिया गरेका डा.चौधरी भन्छन-'अढाइ घन्टा लगाएर सावधानी पुर्वक शल्यक्रिया गर्नु पर्यो, यस्तोमा आन्द्रा काटिने डर हुन्छ ।' आमाको गर्ममा जुम्ल्याहा वच्चा रहदा कुनै कारणले गर्दा एउटा बढन थाल्छ भने अर्को पहिले कै अवस्थामा रहन्छ । बृद्घि ई रहने बच्चाको पेटमा पहिले कै आकारको भ्रुण पस्छ । यसैले ती बच्चा जन्म हुदा समेत आफनो पेटमा अर्को वच्चा बोकी रहेको हुन्छ । सामान्य रुपमा बच्चाको नाल आमासंग जोडिएको हुन्छ । अनि मात्र गर्भमा शिशुको विकास हुन्छ । तर यस्तो स्थितिमा भ्रुणको नाल स्वस्थ वच्चाको रगतको बाक्लो नली(एओर्टा) सँग जोडिएको हुदा अर्को वच्चाको विकास हुँदैन । डा.चौधरीका अनुसार समय मै बच्चाको पेट भित्र रहेको परिजिवी शिशुलाइ नझिक्दा भविष्यमा क्यान्सर लगायतका अन्य समस्या देखिएर ज्यान जाने खतरा हुन्छ ।

No comments:

Post a Comment