नआऊ विदेश काले, रामे, छोडी गाउघर
जति दुख पाए पनि आफ्नै काम गर l 
विदेशको कामको के कुरा गरौ 
दुख मात्र रैछ यहाँ ज्यानको छैन भर  ll 
सोच्थ्यो पहिला गाउमा विदेश स्वोर्ग होला 
भोक प्यास भन्न पाइन्न सधै भरि काम  l 
जति दुख गरे पनि सधै साउको कच कच 
मरुभुमी ठाउँ यो ज्यान सबै गल्छ 
दिनको तातो घामले शरीर सबै जल्छ  l 
आफ्नै गाउमा दुख गरे के नै पाउदैन र 
यति दुख गर्यो भने गाउमै हिरा फल्छ 
मरुभुमी को दुखले गाउघरको याद आउछ
रगत पशिना धेरै बगाए केहि पाएन यो ठाउमा l 
साउको ऋण तिर्न सके आउन यो ठाउमा 
खेति पाति लगाएर बस्छु बरु गाउमा 
नआऊ विदेश काले, रामे, छोडी गाउघर 
जति दुख पाए पनि आफ्नै काम गर l 
विदेशको कामको के कुरा गरौ 
दुख मात्र रैछ यहाँ ज्यानको छैन भर  ll 
Kaldungkomaila (Hari)
No comments:
Post a Comment