मेरो गाऊ

15 July 2012 ( कल्दुंगे माईला यू के )

अहा कति रमणीय कति सुन्दर ठाउँ
चिप्लेटीको डाड भन्छ यहि हो मेरो गाऊ !
१५ बर्ष बित्यो हजुर गाउमा गाको छैन 
मोटर बाटो पुग्या रैछ पत्तो मैले पाइन् !!
हेर्दा खेरि यो ठाउँलाई हुन्छ मन उमंग 
मोटर गाडी गुड्दा खेरि भाछु म त दंग !
हिड्थ्यो सधै यहि बाटो  स्कुल जादा खेरि 
कच्ची बाटो कति लामो देख्छु नागबेली !!
चैत मास रैछ क्यार गुरास देख्छु बनमा 
समझीदा त अहिल्यै जाऊकी जस्तो भाछ मनमा !
पत्तो नपाई गाऊ छोडेको भएछु १५ बर्ष 
हुन्न अब यो चालले गाउमा जानु पर्छ !!

No comments:

Post a Comment