जेल भित्रकी एक नारीको हीदय विदारक पत्र


आज म एउटा कुना काप्चामा शिथिल भएर बसी रहेको छु न त आवाज कसैले सुन्ने छ बुझ्ने छ ! जशरी आमाको गर्वमा थिए त्यसरी नै आज म छु ! बिदेशिये म मजबुरी बोकी धन कमाउने आशाम साथी सङी गाउदै हिंड्ने थियो गाउले लोक भाकामा याद आउछ तेही गाउँमा हुर्के खेलेको तेइ बन पखामा अब यो बिरानो ठाउमा जेलको चिसो छिडी मात्रा केही छैन मेरो साथमा !!
सचचै आजा त म बिदेश पाइलो टेकेको पनि पुरा ५ बर्षा बिती सकेछ, अबत लाग्छ ५ हैन मेरा सारा जिबन नै येतै एही बित्ने छ दशै मुखै मा आई सक्यो सदा को दशैमा त दु:ख जेलो निमेग गरिकन कैले रक्सी पारेर कहिले कुखुरा कहिले बाख्रा बेचेरै भये पनि दशै मा मेरो बुडा भै सकेका बा आमालाई जसो तसो एक जोर लुगा फाटो किनी दिन्थे दु:खम सुखम बिहान बेलुका को २ छक टार्नको लागी १० औंला खियएरै भये पनि सन्तुस्तिको गास खाएर जिबान यापन गरेकै थियो परिवार सँगै परिवारको
माया बटुलेकी थिए बिचरा मेरा बा बुडा भै सके भने आमा पनि बुडी भै सके न त आँखा देख्छन आमाले राम्रो सँग बाबा बिचरा अरुको घरमा दु:ख जेलो गाउँ घरको दु:ख जेलो जसो तसो छाक टार्दै होलान तर आजा म यो बिरानो ठाउमा न मैले बा आमाको मन्मा शान्ति दिन सके न त मैले कुनै धन सम्पत्ति नै दिन सके गत बर्ष देखी एती अन्धकार बन्यो समय !!
एस्तो समय त कसैलाई पनि न परोस न मेरो आवाजले नै मेरो परिवारलाई ध्वनी प्रतिबिम्बिध गर्न सके म यहाँ छु एस्तो छु भन्न पनि सकिएको छैन समय चक्र कसरी घुम्छ केही थाहा नहुदो रहेछ हरेक मानिष जिउनका निम्ती निस्चय पनि एउटा सपना त अबश्यनै बोकेको हुन्छ तेही सपनाको संसारमा डुबुल्की मार्दा आजा म एस कुवामा चुर्लुम्मा डुबेको छु शायद यो मेरो पूर्व जन्मको सजाया थियो या मेरो पाइला चाल्नु गल्ती थियो सोच्दै छु तर केही अत्तो पत्तो छैन यो मेरो जिबन !

गला भरी माला आँखा भरी आसुँ निधार भरी टिका गरी मेरो बाबा आमाले जुन दिन मलाई नानु तिमी ठुलो शाहास लिएर जाउ पर्देश्को ठाउँ एउटी केटी मान्छेको हर पाइला पाइलामा होस् राख्नु घर परिवारको दु:ख सम्झेर काम गर्नु के गर्नु सबैको जस्तो छोरा भएको भये तिमी पनि बिदेशिनु पर्ने थिएन यो हाम्रो बाध्यता भयो छोरी भन्दै बिचरा बुढी आमा र बाबा आँखा भरी आशु पार्दै मलाई बिदाइ गरेको थियो आजा त्यो आशिक मलाई एउटा बाच्ने आधार बनेको छ पल पल त्यही पल सम्झिन्छु अनी मन्लाई गाठो पारी बस्छु , मन भक्कनिएर आउछ आशु बर बरी झर्न थालछ शायद रित्तिने भाडो भएको भये रित्ती सक्ने थियो होल सुक्ने खोलाको मुहान भएको भये सुकी सक्थ्यो होला जब रात पर्छ निधाउन वाध्य हुन्छु र पनि निध सँगै आशु पनि टप टप सिताको थोपा झै बर्सिदो रहेछ निद पनि रुएरै बित्दो रहेछ कस्तो बिडम्बन !! मेरो हर समय आशु सँगैको खेल्मा बितिरहेको छ एउटी धन कमाउन हिंडेकी छोरीको हालत मैले मेरो बाबा आमालाई सुखा शन्ती दिन त सकिन बिचरा बुडेशकाल्मा यौटी छोरी भएको पनि साथ्मा छैन न त जिउदो होला न त मर्यो शायद कुनै खबर थाहा छैन होला मलाई पनि केइ थाहा छैन फोन त कसरी गरु म मेरो बाबा आमाको हालत कस्तो होला कयोउ चिट्ठी का पन्ना हरु कोरिये तर बिबस कहाँ कसरी पुग्ने ति पन्ना हरु मेरा बा आमाका आँखा सामु !! म त आज एउटा पिजडामा थुनिएर बसेको छु कसरी थाहा पाउन मेरो बा आमाले !! प्रत्येक् पल पल एशरी नै कोरी रहन्थे पत्र हरु कसरी पुरयाउ बा आमाको सामु !! 
पुज्यनिया माता पिता तपाईंहरुको आभागी छोरीको नमस्कार !! तपाईंहरुलाई आरामै हुनुहुन्छ होला भन्ने आशा लिदै मनकामना माता सँग प्रथार्न गर्दछु !आशुका थोपाले टल्पलउदै मैले यो कलम चाल्ने बेला सम्म बा आमा आशु बर्सी रहेको छ र बिबस छु म आरामै छु भन्न चाहन्छु स साना कुर हरुले मेरो बाबा आमाको मन नदुखोस् मन त थियो बारम्बार मेरो जिबन कसरी चलेको छ र गुज्रिएको छ भन्ने सबै कुर हरुलाई लेख्न तर सकिन !! भाग्य को खेल हो कि या कर्माको खेल हो ........... बा आमा जुन दिन म अनगिन्तिक सपना बोकी यो कुवेतको खाडी अैइपुगे त्यस पस्चात काम काज सुरु भयो र मलाई लाग्द थ्यो अब मेरो वास्तविक जिबन सुरु भयो रुख्मा पैसा फल्छ होल टिपेर घरतिर पठाउछु भन्ने सोचै बोकेर हर्सित हुँदै शुरु सुरु काम गरिदै गयो लग्थ्यो अबत साचीकै हाम्रो परिवारमा र मेरो जिबन मा पक्कै पनि नयाँ पालुवा छएको झै नयाँ उमङा ल्यएको झै !! त्यस पस्चात १,२ गर्दै दिन महिना बित्दै गयो सेलरी हरु पनि झर्दै गयो जती सुकै काम को दु:ख भये पनी घरपरिवार्को दु:ख सम्झी काम गर्न वाध्यनै थिए हरेक महिना बाबा आमालाई पैसा पठाउन पाउद मलाई पनी कती आनन्द लग्थ्यो भने तपाईंहरुलाई पनी तेती नै खुशी भएको महसुस हुन्थ्यो एशरिनै दिन हास्सी खुशी मै चली रहयो जशरी हामी नेपाल बाट रुख्मा पैसा फल्छ भन्ने सोच्ले आउछौ तर त्यो हैन रहेछ बा आमा ठीक त्यस्को बिपरित हुदो रहेछ एबम रित्ले समय चल्दै गयो बर्ष दिन हुँदै २ बर्ष नागी सक्यो बा आमा मेरो महिना वारी तनखा पनि रोकिदै गयो त्यस्पछी मैले तपाईंहरुलाई पैसा पठाउन सकिन तपाईं हरुले मलाई गाली गर्नु हुन्थ्यो पैसा पठाएन भनेर तर मेरो बाध्यता लाई लुकाएर तपाईं हरुलाई खुशी पर्न चाहन्थे त्यसइ गरी २ बर्ष को समय बिते पछाडि मेरो विसा थप्ने दिन पनि नजिकै आयो भिसा थप्ने कुर गर्दा १,२ दिन भन्दै ५,६ महिना कटाइ दियो यो बिरानो ठाउमा मेरो को नै थियो र बा आमा सिर्फ म थिए मेरो मुटुको धुक्धुकी र मेर सारा सोचहरु थिए केबल मेरो सुनाइको साथी नै मेरो आशु थियो हरेक रात कयोउ यातानहरु भोग्नु वाध्य थिए त कती रात हरु नखाइ नखाइ भोकै सुत्न पर्दथ्यो एशरी नै दिन बित्दै जाद म अचानक बिरामी हुन पुग्यो सुरुमा अलिअली ज्वरो आयो र पनी बिरामी भन्न नपाई काममा एकोहोरी पिल्सिन पर्‍यो बा आमा मलाई घरमा थोरै ज्वरो आउँदा पनि बाले जडि बुडी दबै मिलाएर दिनु हुन्थ्यो आमा हजुरको त्यो सुकोमल हातले च्यतिएको लुङी थाङ्नो टुक्रा पारी च्यतेर पानीमा भिजाइ पानी पट्टी गरी दिनु हुन्थ्यो कती मिस गरेको छु आमा बाबा त्यो तपाईंहरुको न्यानो माया तर मैले यहाँ जती नै ज्वोरो आएपनी दिन चर्या काम काम मै बिताए मलाई कठै बारा भन्ने को नै थियो र मान्छे त्यती निर्दयी कोहि नहोस् जहाँ मलाई ज्वोरोले ग्रसित भै सकेक थिए मेर ओठ हरु सुकेर पट्पटी फुट्ला जस्तो भएको थियो आँखाहरु रसिला भएक थिए शरीर धान्न नसकेर थर थरी कामी रहेको थियो एकै छिन् उविदा पनि १५ कोस हिंडेर थाकेको झै भएको थियो र पनि मेरो बाध्यता थियो म निरन्तर काम गरी रहे एक मुठी उचाल्ने बल छौन्जेल जशरी चुल्होमा भाडो तात्दै गयो त्यसरी नै मेरो शरीर हरु तात्न थालयो तात्द तात्दै मेरा शरीरले धान्न सकेन र अचानक भुइमा लडे मलाई केइ थाहा भएन ...................... कता कता बिहानी चिसो चिसो हावा सिर सिर मेरा आँखा खुल्यो म अत्यन्तै नयाँ ठाउँ मा नयाँ पार्कमा ढली रहेको रहेछु कसरी म कहाँ आए कुनै अत्तो पत्तो भएन उठ्ने कोशीस गरे तर म उठ्न सकिन अत्यन्तै ज्वोरो आएको करण मेरा एस् शरीर थर थरी कामी रहेको थियो उठ्न नसके पछाडि म नजिकै फुल्बारिमा झरी रहेको पानीको धारो तिर घिस्रिदै घिस्रिदै पुगे र २ घुट्को पानी पिये .... लामो सास आयो मेरी आमा मेरो अन्तिम पल नै होला एतिका समय मैले परिवार बाट छुटेर बस्नु परेको यातना एही थियो यो कुन जन्मको पापको सजाय भोगेको थियो केही पत्तो भएन तै पनि सास छौन्जेल आश हुदो रहेछ मेर शरीर मेरो लास मेरै देशको माटो सम्मा मेरो आमा बुवाको काख सम्मा पुग्न पाये हुन्थ्यो भन्ने आशा लिदै बा आमा छट्पटिन वाध्य थिए कती खेर सुकेका ओठ हरु, आशु झर्न न सकेर पट पटाएका नजरहरु शिथिल भएर थकाई मार्ना गएछ । आँखा चिम्लिएकै थाहा भएन अचानक समय कती निर्दयी बने मेरो अगाडि त कि कुनै अत्तो पत्तो नै भएन ............ जब म ब्यूतिये बा आमा मेरा हाथरुमा सल्यान पानीको पाइपहरु टगिएका थिए नयाँ बिस्तारामा पल्टिएको थिए अचानक हात चलाऊन खोजे खुट्टा चलाऊन खोजे तर मेर हात खुट्टा हरु ठुल् ठुला कैदी बढीने फलामे सङ्लो ले बधीएको थियो छेउवैमा २ वट पुलिस पनि ..... म झस्किये .... किन ? त्यस पछी क्रमिक मेर श्वासथामा सुधार आयो तर म अब एउटा नितन्तै एक्लो बिरानो बेशरा बन्न पुगे जुन थियो यो म बसेको घर जेल घर जस्कै साहरमा म आजा सम्मा बसी रहेको छु अब यो ठाउमा मेरो बहस गरी दिने को नै हुने न त मैले कामको फल पाये न त मेरो गुनासो कही कतै सुनिये OVERSTAY भये कयोउ केस लाग्यो म माथि अब यो जेल तोडेर म कहाँ कसरी निस्किन सक्छु र जेल बसेको पनि बा आमा अज त 21 महिना भै सकेछ अझै कती बित्ने हो ? म जस्तै कयोउ नेपाली चेली हरु

ले पनि यस्तै भोगाइ हरु बिताइ रहेक होलान बा आमा मन भरी त कती पिडा थिए मैले कसरी लेखु गत साल्को दसैं गयो यसपाली पनि आयो बा आमा जसो तसो दशै मनाउनु होला म त यस्तै भये बा आमा के गर्नु न मरी जान सके न गरी खाना सके सबैको घरमा दसैंको रौनक मा हासो खुशी होला तर बा आमा तपाईं हरुको घर आगनमा त के होला र छोरीको बाटो हेर्दा हेर्दाइ आँखा थाकेर एकोहोरो टोलौदै होलान बा आमा आशुका धरोले पक्कै पनि मुलबाटो पखाली सक्यो होलान अब त खै बिरानो पनि भयो बा आमा मलाई माफ गर्नु मैले यो कलम यो भन्दा अगाडि बडाउन सकिन आजलाई बिदा लिन्छु पछी अर्को पत्र फेरी मौका मिलेमा कोर्ने छु भुल गल्तिमा माफि चाहन्छु !कही कसैले मेरो यो पत्र देखेमा भेटेमा कृपया पोस्ट गरी दिनु होला नेपाली आमाकी छोरी चेली बिदेशी पिडामा अल्झिएकी छिन नेपाल आमा नेपाल राष्ट्र पौरखी दाजु भाई आफ्नो अस्तित्वा बचाउ हामी जस्तै चेलीलाई बिचल्ली हुन बाट जोगाउ आफ्नै निम्ती मात्रा कुर्सी न बनाउ मेर प्यारा दाजु भाई दिदी बहिनी यो पत्र नेपाल आमालाई सुनाइ दिनु होला धन्यवाद !!
कथाकार सुबास गुरुङ 

No comments:

Post a Comment