गायिका रेश्मा तामाङ लाई सम्मान तथा नयाँ कार्यसमिति चयन

Photo Mani Raj Gurung 

जुन २८ आइतबार २०२६ का दिन सांगीतिक यात्राको सिलसिलामा बेलायत भ्रमणमा रहेकी रेश्मा तामाङलाई चिपलेटी समाज युकेले सम्मान गरेको छ । सम्मान कार्यक्रम निवर्तमान अध्यक्ष श्री देउ बहादुर गुरुङको निवासमा गरिएको थियो । विगतका वर्षहरूमा पनि चिपलेटी समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आउनुभएका विशेष व्यक्तिहरूलाई सम्मान गर्दै आइरहेको छ । यसै सिलसिलामा नेपालको सांगीतिक क्षेत्रमा योगदान दिइरहेकी गायिका रेश्मा तामाङलाई 
स्वागत तथा सम्मान गरिएको हो ।

चिपलेटी समाज युकेले यसै अवसरमा श्री केशर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । एक दशक भन्दा लामो समयसम्म अध्यक्षको कार्यभार सम्हाल्नुभएका निवर्तमान अध्यक्ष श्री देउ बहादुर गुरुङले दिनुभएको योगदानको उच्च कदर गर्दै चिप्लेटी समाज युके उहाँलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ । 

नयाँ कार्यसमितिले पनि यसरी नै नयाँ योगदान गर्नेछ भन्ने अपेक्षा लिएको छ साथै मनोनित नयाँ अध्यक्ष केसर गुरुङ र कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ ।

No comments:

Post a Comment