जनज्योति माध्यमिक विद्यालयलाई  ADB बाट रु दुई करोड सहयोग प्राप्त सम्बन्धमा ।

सल्लाहकार जंग बहादुर वाइबा
श्री जनज्योति माध्यमिक विद्यालय सिरानचोक ८ चिप्लेटी गोरखा याँ विद्यालय भवन निर्माण च न ११२ अनुसार जाइकाले निर्माण गरिरहेको अवस्थामा वि स २०७६ को अन्त्य तिर नयाँ विद्यालयसँगै रहेको 7 कोठे RCC पुरानो भवनलाई पनि आवश्यक मर्मत र रंगरोगन गरिदिन हुन विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री प्रसाद तमाङ प्रधानाध्यापक श्री वेदप्रसाद शर्मा भट्ट साथै सल्लाहकार मण्डलले जाइकालाइ थप सहयोगको लागि निवेदन गरेको थियो । प्रस्तुत विषयलाई जाइकाले सहर्ष स्वीकारि रु १०,००,०००/ विनियोजन गरेको र तुरुन्तै  सो प्रोजेक्टलाई कार्यनयन गरिहाल्ने भन्ने सूचना दिइएको थियो ।

तर लामो समयसम्म पनि काम नगरेको हुँदा र कुनै अर्को सूचना पनि नभएको हुँदा सोको जानकारी लिन मिति २०७७/०४/०२ गते सल्लाहकार श्री जग बहादुर गुरुङ, श्री टक मान गुरुङ र श्री बाबुराम गुरुङ zaika को कार्यालय बालुवाटार गएर सोधपुछ गर्दा सो कार्यक्रम अथवा प्रोजेक्ट नै रद्द भइसकेको जनकारी प्राप्त भयो । यसले हामीलाई अत्यन्तै दुःखी तुल्यायो तर पनि हामी यसको विकल्पको खोजीमा अघि बढ्यौं ।  ADB का आयोजना निर्देशक श्री दिलीप श्रेष्ठ ज्यु लाई हाम्रो समस्याको बारेमा अवगत गराउँदै यसको समाधानको लागि विनम्र अनुरोध गर्यौं । हामी सल्लाहकारहरुको अनुरोध र विद्यालयको समस्याको गम्भिरता प्रति संवेदनशील भएर श्री दिलीप श्रेष्ठज्यूले ADB को विद्यालय rectofitting project मार्फत पुरानो विद्यालय 7 कोठे भवन साथै अन्य विषयलाई समेत समेटेर rectofitting projec प्रोजेक्ट गर्नको लागि तुरुन्तै राष्ट्रिय पुननिर्माण प्राबिधिकरण केन्द्रीय कार्य लय कार्यनयन इकाइ ज्ञानेश्वर काठमाडौँ निवेदन दिन हामीलाई सल्लाह दिनुभयो ।

यो हाम्रो निवेदन जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा गोरखा मार्फत उल्लेख गरिएको ठेगानामा ल्याउनुपर्ने भयो । जुन समय मानिस निषेधाज्ञा लागु भएको थियो । काम गर्न हामीलाई समस्या परिरहेको अवस्थामा भाग्यवश सोही दिन गोरखाको हाकीम श्री विष्णु प्रसाद मिश्र आफ्नै कामको सिलसिलामा सोही कार्यालयमा आइपुग्नुभएकोले त्यो निवेदन पत्र उहाँलाई केही कार्यालयमा बुझाइ दियौं । वहाँ गोरखा पुगे पश्चात हाम्रो विद्यालयको अनुगमन गर्नुभयो र केन्द्रीय आयोजना कार्यनयन इकाइ (शिक्षा) ज्ञानेश्वरमा सिफारिस पत्र पठाइदिनु भयो र जुन निवेदनलाई केन्द्रीय कार्यालयले सहर्षस्वीकारि अनुमोदन गरिएको थियो । तत्पश्चात विद्यालय भवन निरीक्षण गरी एस्टिमेट लागत गर्न इ. राजेन्द्र मोक्तानको टिम २०७७/०४/२१ गते पुगेका थिए । दुई दिन लगाएर काम सम्पन्न गर्नुभयो उहाँहरुको लागि खान बस्नको लागि लागेको खर्च रु २१,२१५ सल्लाहकार मण्डलले व्यहोर्नु भएको छ । मिति २०७८/०३/३१ गते rectofitting project शर्मा एण्ड खानी निर्माण प्रा लि श्री रत्न गौतमले रु २,००,००,००० मा ठेक्का लिनु भएको छ ।
यसलाई कार्यन्वयनमा लैजानको लागि विद्यालय व्यवस्थापन , समिति, अध्यक्ष, प्र.अ र सल्लाहकारहरुले ADB का इ उदव नेपाल र जिल्ला आयोजना कार्यनयन एकाइ गोरखाका हाकिम श्री बिष्णुप्रसाद मिश्र सँग छलफल गरिरहेका छौं ।
तत्काललाई काम सुरु गरिहाल्न कठिनाई भइरहेको अवस्था छ किनभने पानी परिरहेको छ र कोरोनाको कारणले जोखिम पनि छ ।
जब मौसम सफा हुन्छ र कोरोनाको कहर पनि सामान्य अवस्थामा आउँछ हामी काम शुरु गरी हाल्छौं भन्नुभएको छ । अहिले नै यो काम कहिले बाट सुरु हुन्छ र कहिले निर्माण सम्पन्न हुन्छ ठेगान छैन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत केन्द्र सानो ठिमी भक्तपुरको सूचना अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षामा नविनतम प्रविधि र नव प्रवर्द्धनको लागि परियोजना माग प्रस्ताव भएअनुसार बि व्य स अध्यक्ष श्री ज्ञान राज गुरुङ प्र अ श्री वेद प्रसाद शर्मा भट्टले गाउँपालिकामा निवेदन हाल्दै हामी सल्लाहकारलाई जानकारी गराइएको छ । 
उपरोक्त सम्बन्धमा उहाँहरुले पनि सम्बन्धित निकायहरुमा जोडदार  ताकेता गरिरहनुभएको थियो भने हामी सल्लाहकारहरु साथै भुपु प्र अ श्री विश्वनाथ अधिकारीले पनि गाउँपालिका देखि तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा कार्यरत श्री बैकुण्ठ अर्याल ज्यू संग समन्वय गरेर  रु 13 लाख बराबरको शैक्षिक सामग्री प्राप्त गर्न सफल भएका हौ । विशेष उहाँहरु दुईजना हामीलाई सहयोग पुर्याउनु हुने गाउँपालिका जिल्ला र केन्द्र सम्मका सबै तहका महानुभावहरुलाई हार्दिक आभार सहित धन्यवाद । यस विद्यालयप्रति गर्नुभएको सहयोग र सद्भावको उच्च मूल्याङ्कन गर्दै भविष्यमा पनि विद्यालयको सर्वांगीण  विकासको निम्ति विद्यालय परिवार र क्षेत्र वासीहरुले तपाईहरुको अपेक्षा गरिरहने छन ।

No comments:

Post a Comment