श्री जनज्योति उच्च मध्यमिक बिद्यालय चिप्लेटी गोरखाको कोरोनाका कारण धेरै कामहरु स्थगित रहेका थियो । कोरोना महामारी नियन्त्रणमा नआएपछि सामाजिक दुरी कायम गरेरै भएपनि मिति शुक्रबार 16 असोज 2077 को दिनमा समितिको बैठक बसेको थियो ।
सञ्चालक समितिको सल्लाहकारहरु जङ्ग बहादुर गुरुङ टङ्क गुरुङ , तिर्थ बहादुर थापा उपस्थित रहेको सो कार्यक्रममा समितिका अन्य सदस्यहरु अध्यक्ष प्रसाद तमाङ, विज कुमार उपरकोटी, शान्त माया गुरुङ कौमाया गुरुङ दिनु गुरुङ, मनिराज तमाङ, शिक्षक अभिभावक संघका अध्यक्ष राजन भट्ट, शकराज तामाङ, खिम बहादुर गुरुङ, शुष्मा तामाङ । अभिभावक संघबाट जुठे गुरुङ, बैय थापा, बाबुराम थपलिया,
लगायत १८ जना शिक्षकहरूको उपस्थित रहेको थियो ।नयाँ भवन संचालन र प्रधानाध्यापकको चयनलाई मिति शुक्रबार 16 असोज 2077 को दिनमा बसेको समितिको बैठकले जाइका कम्पनीबाट निर्माण गरिएको नयाँ भवनमा पढाइ सञ्चालन गर्ने निर्णय गरिएको थियो । सोही दिन रिक्त रहेको प्रधानध्यापको पदमा वेद प्रसाद भट्ट शर्मा लाई नियुक्त गरेको छ । जाइका कम्पनीले गरेको अधुरो बाकि कामलाई रेक्टर फिटिंग कम्पनीले पूरा गर्ने भएको छ । भवन पछाडिको बाँकी रहेको पर्खाल उठाएर कम्पाउन्ड लगाउने । खेलकुद मैदान र बगैंचा बनाउने । पुरानो भवनलाई रंगरोगन गरेर भर्याङ माथिको छाना लगाउने । पुरानो ट्वाइलेटलाई भत्काएर नयाँ ट्वाइलेट बनाउने ।
Gorkha Welfare Trust (GWT) ले बनाएको पुरानो भवनलाई जाली वाला तारबार लगाउने । एउटा ट्वाइलेट बनाउने । तारबारको कम्पाउन्डमा नयाँ गेट बनाउने प्रस्ताब पारित गरेको छ ।
No comments:
Post a Comment