प्राकृतिक सौन्दर्येले भरिपुर्ण, शिरानचोक गोरखा

"सिरानचोक" एक चिनारी राजु प्रकृति (कार्येक्रम देउरालीमा प्रसारित सामग्री)

मनोरम प्राकृतिक सौन्दर्येले भरिपुर्ण "सिरानचोक" गोर्खा जिल्लाको ऐतिहासिक एवम पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ | पूर्वमा दरौदी नदि , पश्चिममा चेपे नदि , लिगलिगकोट र उतरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली

झर्रा भाषामा "सिरानचोक " डाडाको रुपमा पनि कहलिएको छ | सिरानचोकको पुरानो नाम स्यार्तन हो | स्यार्तनको अर्थ सबैको प्रिय 'अग्लो डाडा' भन्ने बुझिन्छ | वरिपरिका डाडाहरुमद्ये या भनौ गोर्खा बजारदेखि सबैभन्दा नजिकको , सबैभन्दा अग्लो डाडाको रुपमा प्रचलित भएको हुनाले पनि सायद यसको नाम सिरानचोक रहन गएको हुन सक्छ ?

समुन्द्र सतहदेखि लगभग २७०० मिटरको उचाइमा रहेको सिरानचोक सबैको साझा र प्यारो किडास्थल समेत बनेको छ | वरपर घना-जंगलले ढाकिएको सिरानमा टुडिखेल , दायाँपट्टि श्रीनाथ मण्डलीको मन्दिर , बायातर्फ लहरै तिनवटा ऐतिहासिक तत्कालिन राजाका दरबारका रुपमा रहेका कोटहरु क्रमश ..... जेठाकोट , माइलाकोट र कान्छाकोट रहेका छन | कोटको वरपर सुरछाको लागि खनिएका बंकरहरु यदपि बाकी नै रहेका छन् ,,,,, जुन ठाउँमा युद्धका बेलामा धेरै रगत बगेका हुनाले अझ गहिरो खोल्सा (खावा ) को रुपमा परिरत हुन पुगेको हो भन्ने किम्बदन्ती रहेको छ |

बसन्त ऋतुको आगमनसंगै बनैभरि लालिगुरासका रहर लाग्दा फूलका थुङ्गाहरुले स्वागत गर्दा सिरानचोक पुरै रातो भएर बेहुलीझैँ देखिदा सबैलाई आकर्षित गर्नु स्वभाबिक कुरा हो | प्राकृतिक सौन्दर्यले भरिपुर्ण धनि , ऐतिहासिक एबम पुरातात्विक स्थलको रुपमा रहेको "सिरानचोक" देश तथा बिदेशी अनुसन्धानकर्ताका लागि रोजाइको थलो बन्न सक्छ किनकि नेपाल एकिकरणको थलो र पुरातात्विक स्थलको रुपमा रहेको ऐतिहासिक स्थल हो सिरानचोक |
सिरानचोकबाट चितवन जिल्लाका टारहरु पनि सजिलै संग देख्न सकिन्छ | यहा पाइने लालिगुरास , कटुस . चिलाउने , उतिस , भलायो , बेलाउनी, चाप , छेरकाउलो , तिदु , लाकुरी , काफल , घयारी ,अर्जाल , पैयु आदिले पनि जंगललाई अझ घना र मनमोहक बनाइदिएको छ , त्यसै गरी यहा औषधीको रुपमा प्रयोग गरिने अनगिन्ति जडीबुटीहरु पनि पाइन्छ | प्रकृतिले दिएको अथाहा र अमुल्य सम्पदालाई आजसम्म पनि सहि रुपमा उपयोग गर्न सकिरहेको अवस्था भने रहेको छैन |सिरानचोक रमणीय र शान्त ठाउँ हुनुमा यहा पाइने बन्यजन्तुको पनि त्यतिक्कै ठुलो भूमिका रहेको छ | सायद घना जंगल भएको कारणले पनि होला यहा विभिन्न किसिमका बन्यजन्तु पाइन्छ |
गुरुङ समुदायको बाहुल्यता रहेको यस थुमका गाउँहरु क्होला आरूबोट , कुलगाउँ , गैर्हीगाउँ , लप्से , झारगाउँ , भंगेरी , कपुरस्वारा , धर्मथली , कुत्तिन्जुंग , सिम्ले , गैरागाउँ , उत्तिनढुंगा , गाखु , पात्ले, चित्रे , भांगे , तल्लोपाम , माथिल्लो पाम , खमारी, राम्चे , देबस्वारा , थालाजुंग , आरूबोट, दुधपोखरी, सिउरेनी, सिम्ले, बेटटे, काउले , तिनघरे, ठुलोस्वारा, पाठस्वारा, चिलाउने , कल्दुङ्ग, चिप्लेटी , नयाँ गाउँ , खपटे, ब्याखरका, ठोटनेरी , उम्रुंग , जौबारी आदि रहेका छन् |
प्राकृतिक सौन्दर्येले भरिपुर्ण , पुरातात्विक स्थल ,ऐतिहासिक स्थल , ऐतिहासिक गढी-दरबार , जैविक बिबिधता स्थानीय मौलिक सास्कृतिक रुपमा धनी भएको कारणले गर्दा नेपाल सरकारले सिरानचोकलाई पर्यटन स्थलको रुपमा घोषणा गरेको छ |

No comments:

Post a Comment