जन ज्योति माध्यमिक बिद्यालयमा स्थापित मनराम पुस्तकालयको छोटो परिचय


समाजसेवी स्व श्री राम बहादुर श्रेष्ठ ज्यू को परिकल्पनामा शिक्षाको बिषय लाई महत्वका साथ अगी बढाउन सके मात्र देशको बिकास हुन सकिन्छ भन्ने उदेश्यले अधिराज्यको ७६ जिल्लाका एक बिद्यालयमा एक पुस्तकालय र उहाँको आफनै जिल्ला सङखुवासभामा सबै माध्यमिक बिद्यालयमा पुस्तकालय गरी १५० वटा मनराम पुस्तकालय २०६८ देखी सन्चालन हुदै आएको छ। मनराम राम बहादुर श्रेष्ठ र मनमाया श्रेष्ठ ,श्रीमान श्रीमतीको नाम बाट हरेक बिद्यालयको नाममा एक एक लाखको अक्षय कोष स्थापना गरिएको छ र उक्त रकम बाट बार्षिक आउने ब्याजले बिद्यालयलाई आबश्यक शैक्षिक सामग्रीका लागी उपभोग गर्दै आएको छ। यस बाहेक स्थापित मनराम पुस्तकालयलाई निरन्तरता दिन र स्तरिय गर्दै लैजान का लागी  मनराम प्रतिष्ठानले हरेक बर्ष शैक्षिक सामग्री प्रदान गर्दै आएको छ l यसै क्रममा गत २९ चैत्र २०७५ बिधालयमा बिद्यार्थी हरू को नतिजा प्रकाशित हूने दिन जन ज्योति माध्यमिक बिद्यालय  मनराम पुस्तकालयका लागी २० वटा फोलडीङ चियर ६ वटा होवाइट बोर्ड १००० प्रति कपि, राम बहादुर श्रेष्ठको  जिवनी पुस्तक साथै उच्च अङक प्राप्त गरि बोर्डमा पर्न सफल तिन बिधार्थीहरूलाई  नगद  पुरस्कार उहाँ को धर्म पत्नि श्रीमती मनमायाॅ श्रेष्ठ ज्यू द्वरा हस्तान्तरण तथा पुरस्कार बितरण गर्नू भयो । राम बहादुर श्रेष्ठ ज्यू को अबसान भैसकेको छ तर उहाँ को कृति अधिराज्य भर सदा जिवन्त र उदाहर्णिय  रहिरहने निर्बिबाद छ।
उक्त कार्यक्रममा प्रमूख अतिथी मनराम पुस्तकालयका सम्रक्षक श्रीमती मनमाया श्रेष्ठ, प्रतिष्ठान का सचिब रेशम पोखरेल, वडा अधक्ष झटक प्रसाद दवाडी, द्रब्य शाह मार्ग निर्माण का लागी  ठेक्का लिनू हूने लामा कन्ट्रक्सनका प्रमूख ब्यक्तिहरू पिताम्वर बडू र जनक भट्ट ब्यबस्थापन समिती अध्यक्ष प्रसाद तामाङ तथा सदस्य हरू,सल्लाहकार टकमान गुरुङ, टंक गुरूङ साथै शिक्षक शिक्षिकाहरू, बिद्यार्थीहरू, स्थानिय अभिभावकहरूको उपस्थिती रहेको  थियो ।
बिद्यालय मनराम  पुस्तकालय संयोजक  टकमान गुरूङ

No comments:

Post a Comment