तामाङ र गुरुङ समुदायबीच अचम्मको मेलमिलाप

गोरखा : चेपे खोलावारि गोरखा–२ को अन्तिम गाउँ ओलाङ पर्छ। चेपेखोलापारि लम्जुङको अन्तिम गाउँ हो पात्ले। आमनेसामने रहेका यी दुई गाउँभन्दा माथि दूधपोखरी र त्योभन्दा माथि बुद्ध र हिमचुली हिमशृंखला छ। अजिरकोट गाउँपालिका–२ ओलाङ गाउँमा गुरुङ र तामाङको बस्ती छ भने पात्लेमा गुरुङ समुदाय मात्र छन्। ‘ओलाङमा ६० घरधुरी गुरुङ र ३५ घरधुरी तामाङ छन्’, वडाध्यक्ष भीमलाल तामाङले भने, ‘दुई समुदाय भए पनि यहाँ यस्तो मेलमिलाप छ कि तामाङ गुरुङजस्तो अनि गुरुङ तामाङजस्तो गरी
बसेका छन।’गुरुङ समुदायले तमू ल्होसार मनाउँछन् भने तामाङ सोनाम ल्होसार। मिलेर बसेका यहाँका गुरुङ र तामाङले आआफ्नो पर्व ल्होसार पनि मिलेरै मनाउने गरेका छन्। स्थानीय बासिन्दा इन्द्रसिङ गुरुङका अनुसार ओलाङको खोल्सावारि गुरुङ र खोल्सापारि तामाङ बस्ती छ।
दुवै जातिले एकअर्काको भाषा राम्रोसँग जानेका छन्। गुरुङ तामाङको घर जाँदा तामाङ भाषामा बोल्छन् भने तामाङ गुरुङको घरमा जाँदा गुरुङ भाषा नै बोल्छन्। ‘हामी तामाङ भाषा पनि राम्ररी बोल्न सक्छौं, उनीहरूले पनि हाम्रो भाषा सबै जानेका छन्’, स्थानीय खड्गबहादुर गुरुङले भने, ‘हामी उनीहरूको घरमा जाँदा उनीहरूकै भाषा बोल्छौं, उनीहरू हाम्रोमा आउँदा हाम्रै भाषामा बोल्छन्।’ रीतिथिति फरक–फरक भए पनि एकआपसमा मिलेर मनाउने गरेको उनले बताए।दुई फरक समुदायको मेलमिलाप अचम्मलाग्दो रहेको गाउँपालिकाकी उपप्रमुख चन्द्र गुरुङ बताउँछिन्। ‘अरू गाउँबाट झैझगडाका उजुरी धेरै आउँछन् तर ओलाङबाट अहिलेसम्म एउटा पनि उजुरी आएको छैन’, न्यायिक समितिकी संयोजकसमेत रहेकी गुरुङ भन्छिन्, ‘जनजाति हुन्, जाँड रक्सी त खान्छन् तर त्यहाँ झैझगडा कहिल्यै हुँदैन।’ जिल्लास्थित शान्तिप्रिय गाउँ वलाङको उपाध्यक्ष गुरुङले सो गाउँको मुक्तकण्ठले प्रशंसा गरिन्।बजारिया रहनसहनको प्रभाव नरहेको ओलाङ गाउँमा गुरुङ र तामाङ दुवैको संस्कृति यथावत् छ। घाँटु, मारुनीजस्ता नाच जीवितै रहेको स्थानीय एलिना गुरुङले बताइन्। साँझ रोधी बस्ने संस्कृति अझै रहेको उनको भनाइ छ। यहाँका बासिन्दाको मुख्य पेसा कृषि हो। उचाइमा रहेकाले धान खेती नभए पनि गहुँ, मकै, कोदो, आलुलगायत खेती गर्ने प्रचलन छ। यहाँका घरैपिच्छेजसो युवा वैदेशिक रोजगारीमा गएकाले मुख्य आर्थिक आधार रेमिट्यान्स भएको स्थानीय इन्द्रसिंङ गुरुङले जानकारी दिएको अन्नपूर्णा  पोस्टमा छ |गोरखा : चेपे खोलावारि गोरखा–२ को अन्तिम गाउँ ओलाङ पर्छ। चेपेखोलापारि लम्जुङको अन्तिम गाउँ हो पात्ले। आमनेसामने रहेका यी दुई गाउँभन्दा माथि दूधपोखरी र त्योभन्दा माथि बुद्ध र हिमचुली हिमशृंखला छ। अजिरकोट गाउँपालिका–२ ओलाङ गाउँमा गुरुङ र तामाङको बस्ती छ भने पात्लेमा गुरुङ समुदाय मात्र छन्। ‘ओलाङमा ६० घरधुरी गुरुङ र ३५ घरधुरी तामाङ छन्’, वडाध्यक्ष भीमलाल तामाङले भने, ‘दुई समुदाय भए पनि यहाँ यस्तो मेलमिलाप छ कि तामाङ गुरुङजस्तो अनि गुरुङ तामाङजस्तो गरी बसेका छन।’
गुरुङ समुदायले तमू ल्होसार मनाउँछन् भने तामाङ सोनाम ल्होसार। मिलेर बसेका यहाँका गुरुङ र तामाङले आआफ्नो पर्व ल्होसार पनि मिलेरै मनाउने गरेका छन्। स्थानीय बासिन्दा इन्द्रसिङ गुरुङका अनुसार ओलाङको खोल्सावारि गुरुङ र खोल्सापारि तामाङ बस्ती छ।दुवै जातिले एकअर्काको भाषा राम्रोसँग जानेका छन्। गुरुङ तामाङको घर जाँदा तामाङ भाषामा बोल्छन् भने तामाङ गुरुङको घरमा जाँदा गुरुङ भाषा नै बोल्छन्। ‘हामी तामाङ भाषा पनि राम्ररी बोल्न सक्छौं, उनीहरूले पनि हाम्रो भाषा सबै जानेका छन्’, स्थानीय खड्गबहादुर गुरुङले भने, ‘हामी उनीहरूको घरमा जाँदा उनीहरूकै भाषा बोल्छौं, उनीहरू हाम्रोमा आउँदा हाम्रै भाषामा बोल्छन्।’ रीतिथिति फरक–फरक भए पनि एकआपसमा मिलेर मनाउने गरेको उनले बताए।दुई फरक समुदायको मेलमिलाप अचम्मलाग्दो रहेको गाउँपालिकाकी उपप्रमुख चन्द्र गुरुङ बताउँछिन्। ‘अरू गाउँबाट झैझगडाका उजुरी धेरै आउँछन् तर ओलाङबाट अहिलेसम्म एउटा पनि उजुरी आएको छैन’, न्यायिक समितिकी संयोजकसमेत रहेकी गुरुङ भन्छिन्, ‘जनजाति हुन्, जाँड रक्सी त खान्छन् तर त्यहाँ झैझगडा कहिल्यै हुँदैन।’ जिल्लास्थित शान्तिप्रिय गाउँ वलाङको उपाध्यक्ष गुरुङले सो गाउँको मुक्तकण्ठले प्रशंसा गरिन्।बजारिया रहनसहनको प्रभाव नरहेको ओलाङ गाउँमा गुरुङ र तामाङ दुवैको संस्कृति यथावत् छ। घाँटु, मारुनीजस्ता नाच जीवितै रहेको स्थानीय एलिना गुरुङले बताइन्। साँझ रोधी बस्ने संस्कृति अझै रहेको उनको भनाइ छ। यहाँका बासिन्दाको मुख्य पेसा कृषि हो। उचाइमा रहेकाले धान खेती नभए पनि गहुँ, मकै, कोदो, आलुलगायत खेती गर्ने प्रचलन छ। यहाँका घरैपिच्छेजसो युवा वैदेशिक रोजगारीमा गएकाले मुख्य आर्थिक आधार रेमिट्यान्स भएको स्थानीय इन्द्रसिंङ गुरुङले जानकारी दिएको अन्नपूर्णा  पोस्टमा छ |
साभारः तामाङ अनलाइनबाट

No comments:

Post a Comment