पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ ।
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी
लेखेर आफ्नो धेरै रकम उठेको देखाउने कुरालाई जोड दिइएको छ। यसैगरी भेटी उठाउने बिषयमा दाजुभाईका बिचमा प्रतिष्पर्धा हुने, मृत्युको शोकमा भएका आफन्तलाई सुनैसुनले भरिदिने बिकृती मौलाउँदै जाँदा संस्कृति समेत बिकृत बनेको कथा चलचित्रमा छ । ‘घरमा मृत्यु भएको छ तर कसको ससुराली धनी र बढी भेटी लेखाउन सक्ने भनेर प्रतिष्पर्धा हुन थालेको छ’ निर्माता गुरुङ्गले भन्नुभयो ‘सस्कृति अब स्रस्कृति रहेन, बिकृतीमा परिणत भयो’ उहाँले भन्नुभयो ।
दिपेश गुरुङ्गले निर्देशन गरेको म्होमा पछिल्लो समयको चर्चित चलचित्र ‘कबड्डी कबड्डी’का कलाकारहरु माओत्से गुरुङ्ग र बिरमाया गुरुङ्गको शीर्ष भूमिका छ। चलचित्रमा बिश्वास गुरुङ्ग र
यसअघि गुरुङ्ग र समग्र आदिबासी जनजाति माथि राज्यले गरेको शैक्षिक बिभेदको कथा समेटिएको चलचित्र ‘गेटपास’ निर्माण गर्नुभएका निर्माता मनोज गुरुङ्गले आफुँले माया प्रेमका कथामा चलचित्र नबनाउने बताउनुभयो । गेटपासले स्वदेश र बिदेशमा समेत राम्रो दर्शकको साथ पाएको र यसपटक म्होले पनि यस्तै साथ पाउने बिश्वास निर्माता गुरुङ्गको छ । - See more at: http://suchanakendra.com/archives/13857.html#sthash.pat4BhEv.dpuf
No comments:
Post a Comment