तिमीलाई शुभकामना !!

तिमीलाई शुभकामना !!


पचास औ बर्ष अगाडी जन्म लियौ
पुरा गर्यो तिमीले धेरैको चाहना
तिम्रो पचासौ जन्म दिनको
जन ज्योति उमाबि तिमीलाई
धेरै धेरै शुभकामना ll

हजारौ घाम पानी सहेर तिमीले
अरुलाई न्यानो ओत र छहारी दिलायो l
क ख र देखि सिकाई तिमीले
धेरै बिद्वान र कर्मठ युवा जन्मायो ll

स्याउलाको छाप्रोमा तिमीले हुर्काएका
देश विदेशमा छन् सन्ततिहरु

आज पचासौ बर्ष पार गरिसकेकाछौ
के शब्दले तिमीलाई म वर्णन गरु  ll

धेरै दु:ख का दिनहरु पारगर्दा तिमीले
तिम्रा अनुयायीका मनमा छन् धेरै भावना
छाप्रोबाट पक्कि भवन भयो तिमी
अझै धेरै प्रगति होस तिमीलाई शुभकामना ll

पचास औ बर्ष अगाडी जन्म लियौ
पुरा गर्यो तिमीले धेरैको चाहना
तिम्रो पचासौ जन्म दिनको
जन ज्योति उमाबि तिमीलाई
धेरै धेरै शुभकामना ll

हरि गुरुङ   हाल  स्वीनडन, बेलायत

No comments:

Post a Comment