भक्त गुरुङ (बोस्टन यू यस ए)"
श्री जन ज्योति मा.वि.,चिप्लेटी,गोर्खा जुन वि.सं २०२१ मा स्थापना भएको हो| तत्कालीन अवस्थामा एउटा गाउँ पंचायत हाल गा.बि.स.मा एउटा माध्यमिक विद्यालयको अवधारणा थियो ! जौबारीमा सरकारी कोटाबाट नै मा.वि. स्थापना भै सकेको खण्डमा हाम्रा बुबा आमा, बाजे बज्यै , दिदी बहिनी दाजु भाई मिली चिप्लेटी स्कुललाई हावा हुरीबाट बचाउन आर्थिक,नैतिक,श्रम दिएर अथक प्रयासबाट आज यस हालतमा आएको हो| हामी पढ्दा यो स्कुलमा जस्ताको छानो थिएन! हाम्रो बाउ बाजेको बुताले भ्याए सम्म गरेर, स्याउलाको छानोले छाएको थियो| हामी बर्खामा पानी चुहिने हुनाले कहिले काहीं घर जानु पर्थ्यो चाडै
भने हिउँदमा अत्याधिक जाडोको कारणले कोठामा नै आगो फुकेर ताप्ने गर्थ्यौं| यसरी हुर्किएको यो स्कुललाई छिमेकी स्कूलहरुले "लाहुरे स्कूल" भनेर पनि गिज्याउने गर्दथे| म अहिले सम्झन्छु किन हाम्रो स्कुललाई लाहुरे स्कुल भने होला भनेर अहिले मलाई महसुस हुन्छ उनीहरुले ठिकै भनेका रहेछन् किनकि हाम्रो उद्देश्य भन्नु नै ८ कक्षा या 10 कक्षा को प्रमाण-पत्र हात पर्न साथ त्यस्तो होनहार उमेर लाई बन्दुक सोझ्याउन प्रयोग गर्ने थियो ! लाहुरे र विदेशमा गएकाहरुकै ताम झामले सबैलाई आकर्षण गरेको थियो ! यधपि त्यो त छदै छ तर समय को माग पक्कै पनि शिक्षा भएकोले होला अहिले हाम्रो गाउँ घरमा पनि चेतना स्तर बढेको छ ! शिक्षाको मुख्य श्रोत नै बिद्यालय भएको ले हामीहरुले हाम्रो बाबु बाजेले जसरि तसरी यहाँ सम्म ल्याएको बिद्यालयलाई जसले, हामीलाई शिक्षाको उज्यालो दिएर कालो र सेतो छुट्याउन सक्यौं, राम्रो र खराब छुट्याउन सक्यौं ,आफ्नो र बिरानो छुट्याउन सक्यौं ! त्यसैले हाम्रो कर्तब्य बन्दछ यो चिप्लेटी स्कूललाई कसरि गोरखामा एक नम्बर बनाउने भन्ने! सोचौं, हाम्रो गाउँ शिक्षित बने न हामी अलि अनुशासित, असल र सभ्य बन्छौं ! हाम्रो सायद गरिबीले पनि होला सायद हामी बाध्यताबश: विदेशमा भौंतारिएका छौं तर अब त केहि गरौँ गाउँको लागि अनि देशको लागि........! समय छ सोचौं! हाम्रो यु.के.मा हुनु भएका हाम्रा आफन्तजनहरुले धेरै नै सहयोग गर्नु भएको छ ! मान सोल्टी ले कम्प्युटरहरु हस्तान्तरण गरेको देखियो ! उहाँहरुलाई धन्यबाद दिनु अत्याबश्यक छ ! यति मात्रले पुगेन अब के गर्ने त ? कतै सामुदायिक रुपमा आर्थिक उपार्जन गर्ने बाटो खोज्ने हो कि ? जस्तै:- सामुदायिक सहकारी, सामुदायिक बन संरक्षण, सामुदायिक पशु पालन र जडिबुटी,चिया,अलैंची, कफी खेती..............! सायद हामी सबै मिलेर सोच्ने हो भने स्वदेशमा हुने लाई अर्थ उपार्जन गर्ने बाटो र दीर्घकालीन रुपमा हाम्रो पनि विकास न होला भन्न सकिन्न ! हाम्रो भाषा, धर्म, संस्कृति भेष भुषा लोप हुनु भनेको हाम्रो आफ़्नै अस्तित्व लोप हुनु होईन र ?"
No comments:
Post a Comment