" तृष्णा" एक लघु कथा -भक्त गुरुङ(सौगात)

" ...........बुढा बुढीको बिहे भएको धेरै बर्ष भई सक्दा पनि गर्भधारण हुन नसके पछि, उनीहरु अत्यन्त तनावमय हुन पुगे,सधै झैं रात परे पछि एकान्तमा कुरा नै उही हुन थाल्यो, कहिले डाक्टरसंगको परामर्श ,कहिले धामीको सल्लाह त कहिले देवी देवता संग भाकल गर्दा,लिंदा दिंदा पनि केहि सिप लागेन! आँखिर केहि बर्षमा बुढी गर्भवती भईन् ,खुसीको सीमा रहेन! स्वस्थ छोरी घरमा लक्ष्मी झैं आगमन गरिन् ! घर सुनसान रहेन, खुशीयाली छायो ! केहि बर्ष पछि बुढा बुढीमा फेरि गन्थन हुन थाल्यो ,"छोरा भएको भए हुन्थ्यो हगि,बुढी!" फेरि असन्तोष छाउन थाल्यो मनमा !
केहि बर्ष पहिला सन्तान मात्र भई दिए हुन्थ्यो भनेर भाकल गर्ने ति दम्पत्ती अब छोराको चाहनामा पुन: लालायित हुन थाल्यो......................................!" " यसरी संसारमा जे छ त्यसमा चित्त बुझाउन नसकिँदो रहेछ मानव जातिलाई;त्यही भएर मानिसलाई "असन्तोषी" प्राणीको रुपमा पनि लिइन्छ ! भगवान गौतम बुद्धले आफ्नो बुद्धत्व ग्रहण गर्ने खोजको महत्वपूर्ण शिक्षा यसैबाट बोध गरेका थिए "बोध गयामा"! उनी दु;खका कारण खोज्दै गएका थिए, सर्वप्रथम उनलाई लाग्यो सबसे दु:खको कारण "भोक" रहेछ भनेर .......| तर उनी गलत साबित भए अन्तत: उनले थाहा पाए दु:खको कारण त "तिर्खा" रहेछ यानेकि " तृष्णा" पानीको प्यास नभएर आफ्नो बनाउनखोज्ने मानवको चाहना ! मानवको असिमित चाहना हुन्छन् र ति सबै पुरा हुन असम्भव हुन्छ अनि त्यही महत्वाकांक्षा पुरा नभएर नै मानव दु:खको भुमरीमा पर्दछन्, भनिएको छ| त्यसैले आफ्नो मात्र अस्तित्व र स्वामित्वको कुरा छोडौं,मानव लगायत प्राणी हित तर्फ दत्त चित्त हौं!"

No comments:

Post a Comment