थालाजुंग सामुदायिक विकास केन्द्र यू के को भेटघाट कार्यक्रम सम्पन्न


हरि गुरुङ बेलायत २१ जुलाई २०१२ 
गोर्खा जिल्ला थालाजुंग गा बि स स्थाई  घर  भई हाल बेलायतको बिभिन्न 
भागमा छरिएर रहेका   थालाजुंग  बासीहरुको भेलाले यही  १८ अगष्ट २०१२
मा ओकफाम कम्युनीटी स्कूलमा भेटघाट कार्यक्रम सम्पन्न गरेको  छ । 
उक्त कार्यक्रममा समस्त गाबिस बासी लगायत थालाजुंगगे छोरि, चेली 
र जोवाईहरुलाई पनि आमन्त्रण गरिएको थियो । बिहानको ११ बजे बाट
शुरुगरिएको उक्त भेलाको औपचारिक कार्क्रम भने दिनको २ बजे बाट मात्र
शुरु गरिएको थियो 
औपचारिक कार्यक्रमको  संचालन सामुदायिक  विकास केन्द्रका
सचिब रामचन्द्र गुरुंगले संचालन गरेका थिए । कार्यक्रमको  शुरुआतमा
गोर्खाली समाज यू के का अध्यक्ष तथा थालाजुंग सामुदायिक विकास 
केन्द्रका अध्यक्ष   खुशिमान गुरुंगले बोल्नु  भएको थियो  । अध्यक्ष गुरुंगले
भेलामा उपस्थित सबैलाई हार्दिक स्वागत तथा धन्यबाद दिनु भएको थियो
वहाले थालाजुंग सामुदायिक विकास केन्द्र यू के यसै बर्ष  गठन भएको
जानकारी गराउनु भयो  । साथै वहाले सामुदायिक विकास केन्द्र किन र के
को लागि भन्ने बारेमा पनि प्रकाश  परेका थिए । हाललाई विकास केन्द्रले 
यम्बुलेंन्स लिने निर्णय गरेको र त्यसको लागि पहल भैरहेको  जानकारी
गराउनु भयो  । जसको लागि यू के मा रहेका थालाजुंग बासी सबैले प्रत्येक  
महिनामा ५ पौण्ड केन्द्रको खातामा जम्मा गर्ने र तत्कालको लागि प्रत्येक
घरबाट अनिबार्य रुपमा ३०० पौण्ड उठाउने निर्णय भएको कुरा पनि जानकारी
गरेका थिए  
 उक्त योजना अनुसार अध्यक्ष  खुसीमान गुरुंगले सोहि दिन ३०० पौण्ड
बुझाएर रकम उठाउने कामको शुरुवात गर्नु भएको  थियो  । त्यसको साथै वहाले यम्बुलेंन्स किन्नको लागि छिट्टै च्यारिटी कार्यक्रम गरिने र सो को लागि वहाले ११११.११ ( एक हजार एक सय एघार पौण्ड एघार पेन्स ) प्रदान गर्ने  बचनदिनु भयो  । यस पछि  थालाजुंग सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष  बबर गुरुंगले आफ्नो मन्तब्य राख्नु भएको  थियो  । वहाले उपस्थित सबैलाई हार्दिक धन्यवाद  दिदै आफ्नो भनाइहरु राख्नु भएको थियो  । 
सामुदायिक विकास   केन्द्र नेपालका अध्यक्ष  बबर गुरुंगले नेपालमा विकास केन्द्रले
भए गरेका कामहरुको बारेमा चर्चा गरेका थिए । यम्बुलेंन्स खरिदकको लागि नेपालको कमिटि एकजुट भएर लागि परेको जानकारी दिनु भएको  थियो । साथै वहाले थालाजुंग सामुदायिक विकास केन्द्र यू के गठन भएकोमा  खुशी ब्यक्त गर्नु हुदै केन्द्रको प्रगतिको कामना गरेका थिए 

         भेटघाट  कार्यक्रममा रमाइलोको लागि थालाजुंग बासी नानीहरुले नाचगान गर्नुका साथै राफल ड्र पनि राखिएको थियो  । उक्त कार्यक्रमको दिन खान र खाजाको बन्दोबस्त वाई बि सी  सर्भिसेसले गरेका थिए । साथै सो दिनको म्युजीक सिस्टमको पनि वाई बि सी ले नै व्यवस्था गरेका थिए  । म्युजिक सिस्टम र हल चार्जमा लाग्ने सम्पूर्ण खर्च वाई बि सी का प्रोपाइटर योगेन क्षेत्रीले सहयोग स्वरूप सामुदायिक बिकाश  केन्द्रलाई 
प्रदान गर्नु भएको थियो । कार्यक्रमको संयोजन प्रकाश गुरुङ , कुमारी गुरुङ र लालधोज गुरुंगले गरेका थिए । अन्तमा रमाइलो नाच  गानका साथ बेलुका  अबेर कार्यक्रम  समापन गरिएको थियो  

No comments:

Post a Comment