भविष्यमा पछुताउनु भन्दा समयमा सबैको ध्यान गएमा राम्रो

हामीहरुलाई थाहा भएको कुरा हो हामी सबैको आर्थिक, बौदिक, शारीरिक मनोभाबनात्मक
सहयोग बाट २०१० देखि हालसम्म चिप्लेटी कलेज चली रहेको छ l देशको बिग्रदो परिस्थितिमा
दुई बर्ष भित्र बिद्यालय भवन निर्माण बजेट पाउनु र दुई शिक्षक कलेजको लागि दरबन्दी पाउनु
यो सानो उपलब्धि होइन l बरिष्ठ शिक्षाविद जस बहादुर गुरुङ ज्युले हाल कलेजको लागि ठुलो
भूमिका खेल्नु भएको छ l यो जौबारी गा बि स ४/५ को लागि सौभाग्यको कुरा हो l बिगतमा
माध्यमिक स्कूल लाई स्थाई दिलाउन वहाको ठूलो योगदान रहेको यहाहरु लाई अबगत भएकै
कुरा हो l

हाल वहा सरकारी सेवा बाट अवकास लिई सक्नु भएको छ l तर शिक्षा सम्बन्धि सेवा
गर्न अझै थाक्नु भएको छैन l जौबारी गा बि स ४/५ का जन समुदायहरुका इच्छा र आकाक्ष
अनुरूप चिप्लेटी कलेजलाई स्थाई रुप दिन कटिबददा हुनु हुन्छ l कलेजको लागि सदरमुकाम
गोर्खा हुदै काठमाडौँ मन्त्रालय सम्म पुग्नु हुन्छ l तर यो भन्दैमा अरुको योगदान छैन भन्न
खोजेको पटक्कै होइन l सबै बाट आफ्नो स्तरको योगदान भएको छ l
यदि हामी सानो मनमुटाब र बिबादमा अल्झेमा यो सुनौलो अबसर गुम्न गइ हाम्रो गाऊ
शिक्षा छेत्रमा पछि पर्ने छ l हामीले जतिनै लगानी गरे पनि या दु:ख गरेपनि कलेजलाई स्थाई
रुप दिन दक्षजन शक्तिको र अनुभबी व्यक्ति भएन भनेहाम्रो लक्ष्य पुरा हुन सक्दैन l जुन
हामीलाई चाहिएको दक्षजन शक्तिको रुपमा श्री जस बहादुर गुरुङ हुनु हुन्छ l वहाको सहयोग
हाम्रो कलेजको लागि अपरिहार्य छ l यसैले जौबारी गा बि स ४/५ का संम्पूर्ण शिक्षाप्रेमी सदस्य
हरु लगायत छिमेकि भि डी सी का प्रारम्भिक शिच्या लिनु भएका संम्पूर्ण महानु भावहरुलाई
सहयोग गरिदिन हुन अनुरोध गर्दछु l
हामीले कलेज स्थाई नभए सम्म चन्दा संकलन बाट आर्थिक सहयोग उपलब्ध गराउने बचन
व्यक्त गरेका थियौ l यो केवल यू के मा भएका सदस्यहरुलाई मात्र नभई बिश्वोमा छरिएर बस्नु
भएका संम्पूर्ण महानु भाबहरुको जिम्मेवारी हो l त्यसैले जो कोहि पनि समय मिलेमा स्थलगत
अबलोकन गरि आफ्नो विचार त्यहाँ भएका कमि कमजोरीहरु र त्यसको समधानको उपायहरु
संचार माध्यामबाट आदान प्रदान भएमा कलेज बारेमा बढी ज्ञान हुने थियो l तल देखि माथि
सम्म सबै व्यक्तिहरुको सहयोग र सदभाव बाट मात्र सफल बिन्दुमा पुग्ने निश्चित छ l कुनै एकलव्यक्तिको मात्र निर्णय कदापी मान्य हुनेछैन l
कलेजको प्रगति हुनु हामी सबैको सफल प्रगति हो l यो हाम्रो एउटा एतिहासिक प्रतिक पनि
हुनेछ l समयको परिबर्तन संगै हाम्रो जीबन शैली बदलिएको छ l शिक्षा बाट मात्र सही ढंगमा
जीबन शैलीको बिकाश गर्न सकिन्छ l हाम्रा पिता पुर्खाहरुले बौदिक ज्ञानको अभाब , आर्थिक र
भौतिक सुबिधा बाट ग्रस्त अबस्थामा पनि माध्यमिक शिक्षा पूर्ण रुपमा स्थाई गराइ छाडे l अबको यो पुस्ताको जिम्मा यो कलेजलाई स्थाई रूप दिनु हो l भाबिस्यामा नयापुस्ताले यसलाई पूर्णरुपमा बिकाश गर्नेछ l जस्तो सुकै सोच र सहयोगको निति तय गरेपनि बस्ताबिक सत्य तथ्य गति बिधिहरु प्रस्टरुपमा मूल थलो बाट नआए सम्म बिनाआधार सहयोग नगर्ने दाताहरूको सोच रहेकोछ l
त्यसैले जतिपनि गतिविधिहरु आदान प्रदान भईरहनु पर्दछ सबै खालको राम्रो नराम्रो रिजल्ट हरुलाई मध्ये नजर गरि आफ्नो स्तरको सहयोग सबैले गर्नेछ l भएका गल्ति र कमजोरीहरुलाई अनुभवको पाठ सम्झी अघि बदन राम्रो हुन्छ l यदी कार्य शैली भविष्य सहि दिशामा गएको छ भने यस अबस्थामा सहयोग नगर्नु हामी त्यस छेत्रका बासिन्दा हरुको उत्तरदयित्तो पुरा नगर्नु ठुलो भुल हुनेछ l यदी हामीले गरेको कार्य वा लगानी मुलभूत दक्षजनशक्ति र शिक्षा कुनै शैली बाट पनि उपलब्ध हुन् सक्दैन भन्ने निष्कर्ष छ भने धेरै बहस गर्नु जरुर भएन , हैन भने आपसमा छलफल गर्नु जरुरी छ l हाम्रो दाताहरुको लगानी सहि सदुपयोग गर्नु हामी सबै ठाउको समितिहरुको कर्तब्य हो l
त्यसैले हालको आबश्यक तालाई मध्यनजर गरि भविष्यमा पछुताउनु भन्दा एकजुट भएर
श्री जस बहादुर गुरुङ ज्यु लगायत वहाका सहयोगीहरुका साथ अघि बढी दिन संम्पूर्ण शिक्षाप्रेमी
हरुलाई हार्दिक अनुरोध गर्दछु l
भवदीय
केशर गुरुङ
वाटफोर्ड यू के

No comments:

Post a Comment