ARTICLES

उतै बसाई सरु झैँ लाग्यो


कति राम्रो तिम्रो गाऊ
मोहनी नै लायो !
स्वर्ग जस्तो सुन्दर गाऊ 
उतै बसाई सरु झैँ लाग्यो !!

हरियाली बन पाखा
चोखो माया लाउन मन लाग्यो !
मिठा मिठा  कुरा गर्दै 
अंगालोमा बेर्न मन लाग्यो !!

सुन्दर ठाउको वर्णन गर्न 
छैन कुनै शब्दहरु !
झिटी, झाम्टो बोकिकन 

सुन्दर गाउमा आउछु बरु !!



आमा 


आमा नरुनु आमा धर धरी धेरै  त्यो आशु झारेर
सुध्रेछु आमा तपाईको छोरा बिदेश आएर !
बिर्सीदेऊ आमा दिएको मैले त्यो दुख पिडालाई
कसरी तिरु दश धारा दुध खाएको ऋणलाई !!
गर्दैछु  काम अर्काको धेरै कसनी सहेर
सुध्रेछु  छोरा मनकमाना माईको कसम खाएर !
माग्दो  हो पैसा साहूले घरमा दिन दिनै धाएर
तिर्नेछु आमा साहूको ऋण यो छोरा आएर !!
आमा यो छोरा आएर !!!



भरिया दाई


साहुको भारी नबोकीकन छईन खानु घरमा
बुदेस कालमा बाच्नु परयो रसीद नाम्लो भरमा !!
हाम्रो देशका नेताहरु भाषण मात्र गर्ने
भ्रष्टाचार गरी सबै जना आफनो पेट भर्ने !!
साहुको भारी बोकी हामी कति दिन धाउने
हे भगवान गरीबको दिन कहिले आउने !!
सर्बहारा गरीब जनता उठ अब जागौ
दुखी गरीब जनताको हकहितमा लागौ !!
हुन्न अब नेताहरुको भरमा परेर
गरौ केही गरीबको लागि एकजुट भएर !!




मेरो गाऊ 
15 July 2012 ( कल्दुंगे माईला यू के )

अहा कति रमणीय कति सुन्दर ठाउँ
चिप्लेटीको डाड भन्छ यहि हो मेरो गाऊ !
१५ बर्ष बित्यो हजुर गाउमा गाको छैन 
मोटर बाटो पुग्या रैछ पत्तो मैले पाइन् !!
हेर्दा खेरि यो ठाउँलाई हुन्छ मन उमंग 
मोटर गाडी गुड्दा खेरि भाछु म त दंग !
हिड्थ्यो सधै यहि बाटो  स्कुल जादा खेरि 
कच्ची बाटो कति लामो देख्छु नागबेली !!
चैत मास रैछ क्यार गुरास देख्छु बनमा 
समझीदा त अहिल्यै जाऊकी जस्तो भाछ मनमा !
पत्तो नपाई गाऊ छोडेको भएछु १५ बर्ष 
हुन्न अब यो चालले गाउमा जानु पर्छ !!